कीवर्डहरू -

हाइफ्यूचर फ्लाईबड्स ३ नेपाली बजारमा सार्वजनिक, कति छ मूल्य ?

हाइफ्यूचर फ्लाईबड्स ३ नेपाली बजारमा सार्वजनिक, कति छ मूल्य ?

वायरलेस इयरबड हाइफ्यूचर फ्लाईबड्स ३ नेपाली बजारमा सार्वजनिक भएको छ । हाइफ्यूचर फ्लाईबड्स ३ सिमलेस र इमर्सिभ सुन्ने अनुभव प्रदान गर्न इन्जिनियरिङ्ग गरिएको छ ।

यसमा फोर-माइक कलिङ प्रणाली, न्वाइज क्यान्सिलेसन लगायतका सुविधा छन् । हाइफ्यूचर फ्लाईबड्स ३ ले २४ घण्टासम्म प्लेटाइम दिने कम्पनीको दावी छ ।

यस इयरबडले १५ मिनेट चार्ज गरेपछि ३ घण्टासम्म प्लेब्याकको सुविधा दिने छ । हाइफ्यूचर फ्लाईबड्स ३ सबै अधिकृत हाइफ्यूचर रिटेलरहरू र अनलाइन स्टोरहरूमा खरिदका लागि उपलब्ध छ । यसको मूल्य रु ३,९९९ रुपैयाँ तोकिएको छ ।