कीवर्डहरू -

विश्वव्यापी बजारमा नथिङ २ स्मार्टफोन सार्वजनिक हुँदै

विश्वव्यापी बजारमा नथिङ २ स्मार्टफोन सार्वजनिक हुँदै

नथिङले विश्वव्यापी रुपमा नथिङ २ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । अहिलेसम्म नथिङले आफ्नो स्मार्टफोन यूरोप, मध्य पूर्व र एसियामा मात्रै सार्वजनिक गरिरहेको थियो ।

कम्पनीले विश्वव्यापी रुपमा विभिन्न विक्रेताहरुसँग यो स्मार्टफान विक्री गर्नका लागि छलफल गरिरहेको छ ।

नथिङले यसअघि देखि इयर स्टीक वायरलेस बड धेरै देशहरुमा बिक्री गर्दै आएको छ । विश्वव्यापी बजारले नथिङको प्रडक्टमा राम्रै रुची देखाउँदै आएको छ र यो स्मार्टफोन लञ्च पनि सफलनै हुने आशा गरिएको छ ।