कीवर्डहरू -

चाँडै साओमीले रेडमी नोट १२ टी प्रो सार्वजनिक गर्ने

चाँडै साओमीले रेडमी नोट १२ टी प्रो सार्वजनिक गर्ने

साओमीले नयाँ स्मार्टफोन रेडमी नोट १२ टी प्रोमा सार्वजनिक गर्ने भएको छ । चाँडै चिनियाँ बजारमा सार्वजनिक गर्ने गरी कम्पनीले काम गरिरहेको छ ।

यसबाहेक, कम्पनीले आगामी फोनको डिजाइनको झलक दिन केही तस्बिरहरू साझा गरेको छ । कम्पनीले रेडमी नोट १२ टी प्रोमा एलसीडी प्यानल दिइने बताएको छ, जसमा १४४ हर्जको रिफ्रेस रेट र २०ः५ः९ को एस्पेक्ट रेसियो छ ।

यसको स्क्रिन अघिल्लो मोडेल जस्तै फ्ल्याट रहेको छ । ब्रान्डले यो फोन डाइमेन्सिटी ८२०० अल्ट्रा चिपसेट द्वारा संचालित हुनेछ ।

यो फोन बजारमा रेडमी के सिक्सओआइ नामबाट आउन सक्ने अनुमान गरिएको छ । डाइमेन्सिटी ८२०० अल्ट्रामा आधारित नोट १२ टी प्रो मा १२ जीबीको र्याम हुने अनुमान गरिएको छ र यो स्मार्टफोनले एन्ड्रोइड १३ ओएसमा काम गर्न सक्छ ।

थ्रीसी प्रमाणीकरणका अनुसार यो फोनले ६७ वाट फास्ट चार्जिङलाई सपोर्ट गर्न सक्छ ।  रेडमी नोट १२ टी नोट १२ श्रृंखलामा नयाँ थप हुनेछ, जसमा चिनियाँ बजारका लागि पहिले नै धेरै मोडेलहरू छन् ।