कीवर्डहरू -

नेपाल बैंकको कार्ड अब मोको डिजिटल वालेटमा लिंक गर्न सकिने

नेपाल बैंकको कार्ड अब मोको डिजिटल वालेटमा लिंक गर्न सकिने

नेपाल बैंक लिमिटेडले फोकसवान पेमेन्ट सालुसन प्रालिबीच भिसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट वरिष्ठ प्रवन्धक सञ्जीव जोशी र फोकसवानको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले हस्ताक्षर गरेका छन् ।

यो सम्झौता अनुसार नेपाल बैंकका ग्राहकहरुले आफ्नो भिसा डेबिट तथा क्रेडिट कार्ड मोको डिजिटल वालेटमा एड गरी बिभिन्न सेवाहरु जस्तै मोवाईल टप अप, इन्टरनेट, बिजुली, खानेपानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् ।

साथै बैंकका ग्राहकहरुले मोको डिजिटल वालेट मार्फत स्क्यान टू पे गरी रु. ६,००० भन्दा बढी भुक्तानी समेत गर्न सक्ने कम्पनीले जनाएको छ ।

हाल मोको डिजिटल वालेट मा १९ वटा बैंक तथा वित्तीय संस्थाको भिसा डेबिट तथा क्रेडिट कार्ड एड गरी विभिन्न भुक्तानी गर्न सकिनेछ ।

भिसा कार्ड प्रयोग गरी विल भुक्तानी गर्ने यो नेपालकै पहिलो र एकमात्र भुक्तानी सेवा प्रदायक कम्पनी हो । विशेष गरी क्रेडिट कार्डबाट बिजुली, खानेपानी, हवाई टिकट तथा इन्टरनेटको विल भुक्तानी गर्न मिल्ने भएकोले यसको प्रयोग बढ्दो छ । सोको डिजिटल वालेट गुगल प्ले स्टोर र एप स्टोरमा उपलब्ध छ ।

नेपालभर २२८ शाखाहरु, २०३ एटिएम साथै ५४ एक्सटेन्सन काउन्टरमार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधिमार्फत सेवा प्रवाह गरि प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको बैंकले जनाएको छ ।