कीवर्डहरू -

साओमीको रेड्मी नोट १२ फाइभजी नेपालमा, कति छ मूल्य ?

साओमीको रेड्मी नोट १२ फाइभजी नेपालमा, कति छ मूल्य ?

शाओमीले रेड्मी नोट १२ फाइभजी नेपाली बजारमा सार्वजनिक गरेको छ । यो रेड्मी नोट १२ फाइभजी  कनेक्टटीभीटिको साथ आएको छ ।

प्रयोगकर्ताहरूले यस फोनकोे उच्च गतिको साथमा सहज ब्राउजिङ, स्ट्रिमिङ, र डाउनलोडिङ अनुभव लिन सक्ने कम्पनीको दावी छ ।

६७ इन्च डिस्प्ले रहेको यसमा १२० हर्ज रिफ्रेस रेट छ । प्रयोगकर्ताहरूले आफ्नो डिस्प्लेमा हेर्न चाहेको कुरा, समय, मिति, ब्याट्री क्षमता, वा आफ्नो मनपर्ने आदर्श वाक्य पनि छनोट गर्न सक्छन् ।

स्नापड्रागन फोर जेन १ प्रोसेसर प्रयोग भएको रेडमी नोट १२ डुअल फाइभजी  सिम कार्ड समर्थनको साथमा आउँछ । यसमा ८ जीबीसम्मको र्याम र २५६ जीबी भण्डारणले प्रयोगकर्ताहरुलाई थप एपहरू चलाउन सजिलो बनाउने कम्पनीको भनाइ छ ।

फोनमा ३३ वाट फास्ट चार्जिङसहित ५ हजार एमएएच ब्याट्री राखिएको छ । अल्ट्रा–वाइड र म्याक्रो क्यामेरा लेन्सहरूसहितको ४८ मेगापिक्सेल ट्रिपल क्यामेरा सेटअप छ ।

पातलो र हल्का तौलको डिजाइनले फोन होल्ड गर्न सहज र लामो समयसम्म टिकाउ हुने कम्पनीको विश्वास छ । यो स्माटफोन ओनिक्स ग्रे, फोरेस्ट ग्रे, फोरेस्ट ग्रीन, आइस ब्लु गरि तीन रंगमा उपलब्ध छ ।

रेडमी नोट १२ ६ जीबी र्‍याम प्लस १२८ जीबी स्टोरेज र ८ जीबी र्‍याम प्लस २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ, जसको मूल्य क्रमशः २९ हजार ९९९ रूपैयाँ र ३१ हजार ९९९ रूपैयाँ तोकिएको छ ।

रेड्मी नोट १२ फाइभजी नेपालभरका सबै अधिकृत मि स्टोरहरू र साओमीका अधिकृत रिटेलरहरूमा जेठ २८ देखि उपलब्ध हुनेछ ।