कीवर्डहरू -

३ वर्षभित्र रोयल इन्फिल्ड बाइक पनि विद्युतीय भएर आउने

३ वर्षभित्र रोयल इन्फिल्ड बाइक पनि विद्युतीय भएर आउने


३ वर्षभित्र रोयल इन्फिल्ड बाइक विद्युतीय  गाडीमा रुपान्तरण  भएर आउने भएको छ।

रोयल इन्फिल्डका सीसीओ यादवविन्द्र सिंह गुलेरियाले बाइक विद्युतिय सवारीमा लैजाने योजना पाइप लाइनमा रहेको र दुई तीन वर्षभित्रमा कार्यान्वयनमा आउने बताए।

उनले  भने, 'नेपालमा रोयल इन्फिल्डको औपचारिक एसेम्ब्लिङ प्लान्टको प्रारम्भ गरिसकेका छौं। अब नेपालमै तीन वर्ष भित्र रोयल इन्फिल्डको विद्युतीय स्वरुपमा आउनेछ। हामी त्यसै तयारी गरिसकेका छौं।'

यसअघि उनी नेपाल आएर रोयल इन्फिल्डको दुई वटा मोडल सार्वजनिक गरेका थिए।

मोटरसाइकल प्रेमीमाझ लोकप्रिय रहेको रोयल इन्फिल्डको आकर्षणमध्ये त्यसको आवाज पनि एउटा हो । तर अब आउने विद्युतीय रोयल इन्फिल्डको गाडीमा आवाज प्रकति अनुसार नै हुने उनको भनाइ छ।

'हामी कृत्रिम आवाज राखेर उपभोक्तालाई झुक्क्याउँदैनौु उनले भनेु विद्युतीय गाडीमा जे प्राकृतिक हुन्छ, त्यही स्वरूपमा आउँछ।'

रोयल इन्फिल्डले के गर्छ ? भन्‍ने प्रश्नमा  कम्पनी प्राकृतिक स्वरूपमा विश्वास गर्ने भएकाले कृतिमतामा नजाने सीसीओ गुलेरियाले बताए ।

रोयल इन्फिल्डले नेपालको वीरगन्जमा एसेम्बल प्लान्ट स्थापना गरेको छ जसले वार्षिक २० हजार वटा मोटरसाइकल तयार गर्न सक्छ।

हाल नेपालमा क्लासिक ३५० र  स्क्रयाम(४११ नेपालमै एसेम्बल गरिएपछि मूल्य समेत घटेको छ।
क्लासिक ३५० को नयाँ भर्सनको मूल्य ४ लाख ९९ हजार तोकिएको छ।

यस अगाडि सो मोडलको मूल्य ६ लाख ४० हजार थियो। अर्को मोडल स्क्रयाम(४११ कै मूल्य ६ लाख ६० हजार तोकिएको छ।