कीवर्डहरू -

सामसङको ग्यालेक्सी एफ ५४ स्मार्टफोन नेपाली बजारमा, यस्ता छन् विशेषता

सामसङको ग्यालेक्सी एफ ५४ स्मार्टफोन नेपाली बजारमा, यस्ता छन् विशेषता

सामसङले नयाँ उत्कृष्ट ग्यालेक्सी एफ ५४ स्मार्टफोन सार्वजनिक गरेको छ । १०८ मेगा पिक्सेलको मुख्य क्यामेरा, ओआइएस र ग्यालेक्सीको प्रिमियम डिजाइनसहित ग्यालेक्सी एफ ५४ सार्वजनिक भएको हो ।

६.७ इन्च सुपर एमोलेड प्लस डिस्प्ले र १२० हर्ज रिफ्रेस रेटको साथ यस फोनले उपभोक्ताहरुले सहज रूपमा हेर्न र स्क्रोल गर्न सक्ने कम्पनीको दावी छ । फोनमा ८ जीबी र्‍याम क्षमता र २५६ जीबी आन्तरिक मेमोरीको उपलब्ध छ ।

यसमा रहेको १०८ एमपी मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा-वाइड र २ एमपी म्याक्रो लेन्स क्यामेराबाट हुने ट्रिपल-लेन्स सेटअपले प्रयोगकर्ताहरूले एडभान्स क्यामेराको अनुभव पाउनेछन् ।

यो बाहेक पनि मुख्य क्यामेरामा भएको ओआइएस तथा भीडीआइएसले कम प्रकाशमा पनि उत्कृष्ट फोटोहरु खिच्न दिन्छ ।

ग्यालेक्सी एफ ५४ ले रातको समयमा पनि सफा स्पष्ट डिटेल भएको फोटोहरु खिच्न सकिने छ । यसको अगाडि रहेको ३२ मेगापिक्सेल लेन्स क्यामेराको प्रयोग गरी हाइ क्वालिटीको सेल्फी, भिडियो, र भिडियो कलहरू गर्न सकिने सामसङले जनाएको छ ।

अक्टा-कोर एक्सिनोस १३८० चिपसेट जडित ग्यालेक्सी एफ ५४ मा ६००० एमएएच ब्याट्री रहेको छ । २५ वाटको सुपर-फास्ट चार्जिंगले ३० मिनेटको चार्जमा नै पुरा दिन मोबाइल चल्ने कम्पनीको भनाइ छ ।

यति मात्र हैन, ४ जेनेरेसनसम्म ओएस अपग्रेड र ५ वर्ष सम्मको ग्यारेन्टीड सुरक्षा अपडेट पनि पाइने छ । यसमा रहेको भ्वाइस फोकसले आसपासको आवाजहरुलाई कम गर्छ र भ्वाइस वा भिडियो कलको बेला तपाईँको आवाजलाई स्पष्ट बनाउने छ ।

फोन सिल्भर र निलोरङंमा उपलब्ध रहेको नेपाली बजारमा सामसङ ग्यालेक्सी एफ ५४ स्मार्टफोनको मूल्य ५२ हजार ४९९ रूपैयाँ तोकिएको छ । देशभरका सबै शोरुमहरुमा फोन बिक्रीका लागि उपलब्ध रहेको छ ।