कीवर्डहरू -

फोल्डेबल आईफोन सार्वजनिक गर्दै एप्पल

फोल्डेबल आईफोन सार्वजनिक गर्दै एप्पल

एप्पलले सन् २०२३ को अन्त्यसम्ममा फोल्डेबल आईफोन सार्वजनिक गर्ने भएको छ । एप्पलले फोल्डेबल आईफोन १५ देखि २० मिलियन युनिट बेच्ने पनि लक्ष्य राखेको छ ।

यसमा प्रयोग हुने क्युएचडी प्लस फिलेक्जीबल ओइलईडी स्क्री भने सामसङ डिस्प्लेले सप्लाई गर्नेछ । त्यस्तै फोल्डेबल आईफोनमा प्रयोग हुने डिडिआई डिस्प्ले सामसङ फाउण्ड्रीबाट आउनेछ ।

एप्पलले सिल्भर न्यानोवायर टच प्रविधि पनि प्रयोग गर्नेछ । यसको बारेमा एप्पलले आफ्नो वार्षिक सम्मेलनमा बताएको हो ।

यस विस्तृत जानकारी एप्पलले वार्षिक सम्मेलनमा बताउने जनाइएको छ । यो सम्मेलन जुन ५ देखि ९ सम्म चल्ने छ ।