कीवर्डहरू -

न्वाइज फिट भर्टेक्स स्मार्टवाच सार्वजनिक

न्वाइज फिट भर्टेक्स स्मार्टवाच सार्वजनिक

न्वाइजले आफ्नो स्मार्टवाच न्वाइज फिट भर्टेक्स सार्वजनिक गरेको छ । यो नयाँ सार्वजनिक नोइज कलरफिट माइटीको रिलिज पछि आएको हो ।

भर्खरै सार्वजनिक गरिएको न्वाइज फिट भर्टेक्स स्मार्टवाचमा स्क्वायर डायल, १.४६ इन्चको एएमओएलइडी डिस्प्ले र १५० भन्दा बढी वाच फेसहरू छन् ।

स्मार्टवाचमा ब्लुटुथ कलिङ सपोर्ट, २४×७ हार्ट रेट मोनिटरिङ, एसपीओ टू मापन, निद्रा ट्र्याकिङ, तनाव व्यवस्थापनका साथै आइपी ६८ वाटर र डस्ट रेसिस्टेन्स पनि छ ।

न्वाइज फिट भर्टेक्स जेट ब्ल्याक, सिल्भर ग्रे, भिन्टेज ब्राउन, रोज पिंक र स्पेस ब्लू कलर अप्सनहरूमा आउने छ । यसले ब्लुटुथ कलिङलाई द्रुत पेयरिंग र कम पावर खपत हुने प्रणाली रहेको छ ।

यसमा २४×७ मुटुको दर अनुगमन, एसपीओ टू मापन, तनाव मापन, निद्रा ट्र्याकिङ सहितको महिनावारी ट्र्याकर पनि छ ।

स्मार्टवाचमा मल्टिपल स्पोर्ट्स मोड सपोर्ट, आइपी ६८ वाटर र डस्ट रेसिस्टेन्स, र ७ दिनसम्मको ब्याट्री लाइफ पनि छ । यसमा नोटिफिकेशन डिस्प्ले, क्यामेरा र म्युजिक कन्ट्रोल, क्विक रिप्लाई र क्याल्कुलेटर फिचर समेत प्रदान गरिएको छ ।