कीवर्डहरू -

एनएमबि बैंकले दराज नेपालका बिक्रेताहरूलाई बिना धितो कर्जा प्रदान गर्ने

एनएमबि बैंकले दराज नेपालका बिक्रेताहरूलाई बिना धितो कर्जा प्रदान गर्ने

एनएमबि बैंक र दराज नेपाल बिच दराज नेपालका बिक्रेताहरूलाई बिना धितो विद्युतीय कर्जा प्रदान सम्बन्धमा सम्झौता भएको छ ।

बिशेषगरी बैंकिङ्ग पहुँच कम भएका, उत्पादनशील उद्यमसँग जोडिएका, स्टार्ट अप्स फर्म तथा कम्पनीहरुलाई दराज नेपालसँगको कारोबारको आधारमा रु. ५ लाख सम्मको चालु पुँजी कर्जा प्रदान गर्ने उद्देश्य अनुसार गरिएको सम्झौता गरिएको हो ।

एनएमबि बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे र दराज नेपालको तर्फबाट प्रबन्ध निर्देशक आँचल कुँवरले सम्झौतापत्र आदान प्रदान गरेका थिए ।

सो सम्झौताको बारेमा बोल्दै बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले अर्थतन्त्रको वास्तविक क्षेत्र तथा डिजिटलाईजेशलाई प्राथमिकता दिइरहेका र यस  कर्जा मार्फत ग्राहकहरुले अनलाइनमार्फत आवेदन दिएको केहि मिनेटभित्रै कर्जा उपलब्ध गराउने प्रविधिको विकाश गरेको र यस कर्जा मार्फत धेरै भन्दा धेरै एमएसएमई कर्जाका ग्राहकहरुको आवश्यक चालुपुंजी पूर्ति गर्ने बैंकले विश्वास लिएको बताए ।

यस कर्जा कागजरहित, झंझटरहित र छिटोछरितो रुपमा डिजिटल रुपमा प्राप्त हुने भएकोले नेपाल सरकारले लिएको डिजिटल नेपालको अभियानमा बैैंकले लिएको यो प्रयास कोशेढुङ्ग सावित बैंकले जनाएको छ ।