कीवर्डहरू -

नेपाली बजारमा आउँदै भीभोको नयाँ स्मार्टफोन वाई ३६ 

नेपाली बजारमा आउँदै भीभोको नयाँ स्मार्टफोन वाई ३६ 

नेपाली बजारमा भिभोको नयाँ स्मार्टफोन वाई ३६ सार्वजनिक हुने भएको छ । डिजिटल कन्टेन्ट क्रिएटर र फेशनप्रति रुचि भएका नेपाली उपभोक्तालाई लक्षित गर्दै वाई ३६ सार्वजनिक गर्न लागिएको हो ।

स्लिक डिजाइन रहेको वाई ३६ मा फ्यान्सी फ्रेम र क्रिस्टल ग्लास रहेको छ भने गोल्डेन रिपल प्रोसेसले टेक्सचर थपेको छ ।

वाई ३६ को आकर्षक डिजाइनले नै यसलाई अन्य स्मार्टफोन भन्दा अलग बनाउने कम्पनीको दावी छ । यो स्मार्टफोन दुई आकर्षक कलर भेरियन्ट –मेटिअर ब्ल्याक र भाइब्रेन्ट गोल्ड कलरमा उपलब्ध हुनेछ ।

वाई ३६ मा स्न्यापड्रेगन ६८० प्रोसेसर राखिएको छ । ५००० एमएएच ब्याट्री रहेको यस फोनमा ४४ वाट फ्ल्यासचार्ज प्रविधि पनि रहेको छ ।

वाई ३६ मा ५० मेगापिक्सेल एचडी प्रमुख क्यामेरा रहनेछ भने १६ मेगापिक्सेल एचडी पोट्र्रेट क्यामेरा रहेको छ ।