कीवर्डहरू -

नेपाली बजारमा नयाँ राइड शेयरिङ कम्पनी ई-सवारी आउँदै

नेपाली बजारमा नयाँ राइड शेयरिङ कम्पनी ई-सवारी आउँदै

नेपाली बजारमा नयाँ राइड शेयरिङ कम्पनी आउने भएको छ । अबको केही दिनमै नेपाली बजारमा ई-सवारी नामक नयाँ राइड शेयरिङ कम्पनी सार्वजनिक हुन लागेको हो ।

ई-सवारीले पहिलो चरणमा मधेश प्रदेशबाट सेवा सुरू गर्ने जनाएको छ । अहिले कम्पनी राइडर भर्ना गर्न थालेको छ । यदी तपाई पनि राइडरको रूपमा भर्ना हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरी आफ्नो नाम दर्ता गर्नुहोस् ।

नयाँ लक्ष्य र उपभोक्तालाई फरक अनुभुति दिने गरी ई-सवारी आउन लागेको कम्पनीका सञ्चालन सुनिल यादवले बताए ।

सुरूमा पर्साको वीरगंज सेवा सुरू गर्ने र त्यसपछि देशका १० बढी शहरमा विस्तार गर्ने योजना रहेकोयादव बताउँछन् ।