कीवर्डहरू -

युवा वैज्ञानिकलाई प्रेरित गर्न सुदूरपश्चिम राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुँदै

युवा वैज्ञानिकलाई प्रेरित गर्न सुदूरपश्चिम राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुँदै

सुदूरपश्चिम राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने भएको छ । युवा वैज्ञानिकहरूलाई प्रेरित गर्ने उद्देश्यले सुदूरपश्चिम राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन आयोजना हुन लागेको हो ।

राष्ट्रिय युवा परिषद, सुदूरपश्चिम युवा परिषद, रोबोटिक्स एशोसिएसन नेपाल र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सुदूरपश्चिम राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुँदैछ ।

सम्मलेनको मिति भने तय भइसकेको छैन् । सम्मेलनमा विशेष गरी सुदूरपश्चिम प्रदेश लगायत देशभरका वैज्ञानिक, अनुसन्धानकर्मी, विद्यार्थी, इन्डष्ट्री प्रोफेसनल, नीति निर्माता लगायत सहभागी हुनेछन् ।

यसमा कार्यपत्र प्रस्तुती, प्यानल छलफल, वर्कशप, प्रदर्शनी, परियोजना, इन्नोभेटिभग आईडिया, रोबोटहरूबीच प्रतिस्पर्धा लगायतका गतिविधि हुनेछन् ।