कीवर्डहरू -

प्रेम गीत ३ अब डिशहोममा हेर्न सकिने 

प्रेम गीत ३ अब डिशहोममा हेर्न सकिने 

नेपालसहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र ‘प्रेम गीत ३’ डिशहोममा एक्सक्लुसिभ प्रर्दशन हुने भएको छ ।

विभिन्न कारणबस हलसम्म गएर यो चलचित्र हेर्न छुटाएका दर्शकहरुले अब डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ हेर्न सक्ने छन् ।

प्रेम गीत ३ असार १५ गते सिनेमाघर च्यानल नं. १०८ मा प्रदर्शन हुँदैछ । सिनेमाघरमा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० बजे प्रदर्शन हुनेछ ।

यस्तै डिशहोमको एक्सभीओडीमा पनि यो चलचित्र उपलव्ध हुनेछ । एक्सभीओडीमा यो चलचित्र उपलब्ध भए पछि आफुले चाहेको समयमा खरिद गरेर हेर्न सकिने छ ।

एक्सभीओडी डिशहोमको सेटटप वक्समा उपलव्ध रहेका फिचर हो । यो चलाउनको लागि भने ग्राहकले आफ्नो सेटटप वक्समा वाईफाई डंगोल वा ल्यान केबल जोडेर जोडेर इन्टरनेट जोड्नुपर्ने हुन्छ ।

डिशहोममा उपलब्ध यो सेवाले नेपाली चलचित्रहरु सपरिवार तथा आफुले चाहेको समयमा हेर्न सकिने भएको कारण नेपाली चलचित्र प्रति दर्शकहरुको चासो र माया वढ्नुका साथै नेपाली चलचित्रको विकासमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ ।