कीवर्डहरू -

चिनियाँ धनाढ्य ज्याक मा नेपालबाट फिर्ता

चिनियाँ धनाढ्य ज्याक मा नेपालबाट फिर्ता

चिनियाँ धनाढ्य ज्याक मा नेपालबाट फिर्ता भएका छन् ।

उनी चढेर आएको बोइङ जहाज बिहीबार अपरान्ह पाकिस्तानको लाहौर उडेको त्रिभुवन विमानस्थलले जनाएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सवा ११ बजे उनी चढेको जहाज उडेको हो ।

ज्याक मा नेपालमा मंगलबार आएका थिए । नेपाल बसाइका दौरान उनी भक्तपुर दरबार स्क्वायर र स्वयम्भुको भ्रमणमा समेत पुगेका थिए । उनी नेपाल आउनुको कारण भने खुलेको छैन ।