कीवर्डहरू -

धनगढी उपमहानगरका फोहर संकलन गर्ने गाडीमा जीपीएस जडान 

धनगढी उपमहानगरका फोहर संकलन गर्ने गाडीमा जीपीएस जडान 

धनगढी उपमहानगरपालिकाले फोहर संकलन गर्ने दुई वटा गाडीमा लुना जीपीएस जडान गरेको छ । योसँगै अब लुना जीपीएस एप डाउनलोड गरी फोहर संकलन गर्न आउने गाडी बारेमा जानकारी लिन सकिने छ ।

धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले नगरवासीले फोहरमैला संकलनलाई थप प्रभावकारी बनाउन जीपीएस जडान गरेको बताए ।

प्रविधि प्रभावकारी भएमा फोहरमैला संकलन गर्ने अन्य गाडीहरुमा उक्त प्रविधि जडान गरिने उनको भनाइ छ ।

सेवाग्राहीलाई जीपीएस सेवाको प्रभावकारीका बारेमा सुझाव र प्रतिक्रिया दिन समेत मेयर हमालले अनुरोध गरेका छन् ।