कीवर्डहरू -

रियलमी ११ प्रो सिरिज फाइभजी नेपालमा सार्वजनिक हुँदै

रियलमी ११ प्रो सिरिज फाइभजी नेपालमा सार्वजनिक हुँदै

रियलमीले बहुप्रतिक्षित ११ प्रो सिरिज फाइभजी नेपाली बजारमा चाँडै उपलब्ध गराउने भएको छ । रियलमी ११ प्रो सिरिज फाइभजी यस वर्षको उत्कृष्ट फ्ल्यागशिप क्यामरा फोन हो, जसले फोटोग्राफीमा रुची राख्नेहरुको लागि एउटा नयाँ स्तर निर्धारण गरेको कम्पनीले जनाएको छ ।

नयाँ रियलमी ११ प्रो फाइभजीको क्यामरा मात्र नभएर डिजाइन पनि उत्तिकै दमदार र लक्जरियस रहेको छ । प्रसिद्ध ब्रान्ड गुच्चीका पुर्व प्रिन्ट र टेक्सटाइल डिजाइनर म्याट्टियो मेनोट्टोसँगको सहकार्यमा रियलमी ११ प्रो फाइभजीको डिजाइन गरिएको हो ।

१०० एमपिको क्यामरा, लक्जरियस डिजाइन, ५०० एमएएच ब्याट्री र १०० वाट सुपरभोक चार्जरको साथ रियलमी ११ प्रो ५जी एक अलराउन्डरको रूपमा आएको कम्पनीको दावी छ ।

२०,००० लेभलको अटोमेटेड ब्राइटनेस एडजस्टमेण्ट भएको यो फोनमा १२० हर्जको कभ्र्ड भिजन डिस्प्ले पनि रहेको छ । त्यस्तै यसमा भएको २१६० हर्जको डिमिङ फ्रिक्वेन्सी यो सेग्मेन्टको सबैभन्दा उच्च डिमिङ फ्रिक्वेन्सी हो ।

यसमा डाइमेन्सिटी ७०५० फाइभजी प्रोसेसर, १२ जीबी र्‍याम र २५६ जीबीको इन्टर्नल स्टोरेज रहेको छ । ६७ वाट सुपरभोक चार्ज, ५००० एमएएच ब्याट्री, रियलमी युआई ४.०, र डल्बी पानोरामा डुअल स्पिकरहरूले फोनको युजर एक्स्पिरिएन्स अझै निखारेका छन् । रियलमी ११ प्रो ५ जी सनराइज बेज, ओएसिस ग्रीन, र एस्ट्रल ब्ल्याक जस्ता आकर्षक तीन रंगहरूमा उपलब्ध छ ।

१०० एमपी डिरेक्ट आउटपुट, २ एक्स लसलेस जुम, अटो-जुम मोड, सुपर नाइटस्केप मोड, र स्ट्रीट फोटोग्राफी मोड ४.० जस्ता फिचरहरुले रियलमी ११ प्रो लाई झनै उत्कृष्ट बनाउने अपेक्षा गरिएको छ ।