कीवर्डहरू -

आइएमई पेबाट अब नेपालपे क्युआर स्क्यान गरी पैसा तिर्न सकिने

आइएमई पेबाट अब नेपालपे क्युआर स्क्यान गरी पैसा तिर्न सकिने

आइएमई पे एपबाट 'नेपाल पे' को क्युआर स्क्यान गर्न मिल्ने भएको छ । सेवाग्राहीहरुले  अब नेपाल पेको क्युआर स्क्यान गरि आइएमई पे एप मार्फत भुक्तानी गर्न सक्ने छन् ।

नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तर आबद्धता कायम गर्ने गरी नेपाल क्लियरिङ हाउस लिमिटेडले नेपाल पे क्युआर सञ्चालनमा ल्याएको थियो ।

नेपालमा क्यु आर स्क्यान मार्फत भुक्तानी  बढ्दै गरेको अवस्थामा आइएमई पे र नेपाल पेको आवद्धताबाट डिजिटल नेपाल अभियानमा थप बल मिल्ने विश्वास गरिएको छ ।