कीवर्डहरू -

भायानेटको नयाँ अफर, वार्षिक सदस्यता नवीकरण गर्दा २ महिना नि:शुल्क

भायानेटको नयाँ अफर, वार्षिक सदस्यता नवीकरण गर्दा २ महिना नि:शुल्क

भायानेट कम्युनिकेसन लिमिटेडले नवीकरण अफर ल्याएको छ । भायानेटको कुनै पनि इन्टरनेट प्याकेजको वार्षिक सदस्यता नवीकरण गरेर ग्राहकहरूले २ महिनाको निःशुल्क इन्टरनेट सेवाको बोनस प्राप्त गर्नेसक्ने जनाइएको छ ।

यो अफर असार २०८० सम्म मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ। भायानेटको ग्राहक सन्तुष्टि र ग्राहकको उत्तरदायित्व निर्वाहका लागि यस्तो गरिएको कम्पनीले बताएको छ ।

यो अफर मार्फत  ग्राहकहरूले उच्च गतिको इन्टरनेट प्राप्त गर्न सक्ने जनाइएको छ । नवीकरण अफर र अन्य सेवाहरुबारे थप जान्नको लागि www.vianet.com.np मा हेर्नसकिने छ ।