कीवर्डहरू -

चलचित्र चिसो मान्छे अब डिशहोममा हेर्न सकिने

चलचित्र चिसो मान्छे अब डिशहोममा हेर्न सकिने

समसमायिक विषय वस्तुमा वनेको नेपाली चलचित्र “चिसो मान्छे” डिशहोममा (Exclusive) प्रदर्शन भइरहेको छ ।
डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ बसेर हेर्न “चिसो मान्छे” सकिने बताइएको छ ।

“चिसो मान्छे” सिनेमाघर च्यानल नं. १०८ मा दैनिक ८ शो बिहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० बजे प्रदर्शन भइरहेको जनाइएको छ ।

यस्तै डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक बोनस सँगै नयाँ नयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं. १०८ को टिकट निःशुल्क पाउन सकिने बताइएको छ ।

३ महिना अथवा रु एक हजार वा सोभन्दा माथिको रिचार्जमा रु ३२५ बराबरको एउटा मुभी टिकट, ६ महिना अथवा रु दुई हजार वा सोभन्दा माथिको रिचार्जमा रु ६५० बराबरको २ ओटा मुभी टिकट, १२ महिना अथवा रु पाँच हजार वा सोभन्दा माथिको रिचार्जमा रु १३ सय बराबरको ४ ओटा मुभी टिकट  पाउन सकिने जनाइएको छ ।

डिशहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट बिहान ६ बजेपछि ८ अंकको सिनेमाघर च्यानल नं. १०८ को टिकट कुपन नम्बर ग्राहकको रजिष्टर्ड मोवाईल नं. मा एसएमएस मार्फत प्राप्त हुने बताइएको छ ।