कीवर्डहरू -

पशुपतिनाथ मन्दिरमा अब क्युआर कोड स्क्यान गरेरै भेटी दान गर्न सकिने

पशुपतिनाथ मन्दिरमा अब क्युआर कोड स्क्यान गरेरै भेटी दान गर्न सकिने

पशुपतिनाथ मन्दिरमा अब क्युआर कोड स्क्यान गरेरै भेटी दान गर्न सकिने भएको छ । यसका लागि ग्लोबल आईएमई बैंकले पशुपतिनाथ मन्दिर परसरमा क्युआर कोड राखेको हो ।

उक्त भेटी सिधैं पशुपति क्षेत्र विकास कोषको बैंक खातामा जम्मा हुनेछ । मन्दिर परिसरमा राखिएको क्युआर कोड स्क्यान गरेर भेटी दान गर्न सकिने जनाइएको छ ।

यसका साथै मन्दिर पुग्न नसक्ने भक्तजनहरूले घरबाटै पनि क्युआर स्क्यान गरेर भटी दान गर्न सक्ने छन् । क्युआर स्क्यान गरेर भेटी दान गर्दा भक्तजनहरूलाई पनि सहज हुने र हिसाब पनि पारदर्शी हुने अपेक्षा गरिएको छ ।