कीवर्डहरू -

नेपालमा आजदेखि आलाकार्ट प्रणाली लागु

नेपालमा आजदेखि आलाकार्ट प्रणाली लागु

नेपालमा आजदेखि आलाकार्ट प्रणाली लागु भएको छ । आलाकार्ट प्रणाली कार्यान्वयनमा आएसँगै अब आफुले हेर्न चाहेको विदेशी च्यानल मात्रै शुल्क तिरेर हेर्न सकिने छ ।

शुक्रबार सूचना तथा प्रसारण विभागले विदेशी च्यानलहरूलाई आलाकार्ट प्रणालीका लागि च्यानलको बुके तथा रेट नबुझाएपछि सोमबारदेखि सबै विदेशी च्यानल बन्द गर्ने चेतावनी दिएको थियो ।

त्यसपछि भारतीय च्यानलहरूले आलाकार्ट प्रणाली लागु नगर्न दबाब दिएका थिए । तर सरकारले लागु गरेरै छाड्ने अडान लिएपछि सुरुमा निर्णय फेर्न दबाब दिएका भारतीय प्रसारकहरू अन्ततः असार मसान्तको रातिसम्म सबैले आ आफ्नो बुके र रेट पेश गरेका छन् ।

सरकारले टिभी च्यानल प्याकेजका लागि न्युनतम शुल्क २५० रुपैयाँ र अधिकतम शुल्क ५०० रुपैयाँ तय गरिएको छ ।

न्यूनतम शुल्क अन्तर्गत प्रसारण संस्थाले नेपाली टेलिभिजन च्यानलहरु तथा विदेशी फ्रि टु एयर टेलिभिजन च्यानलहरु उपभोक्तालाई देखाउनु पर्ने साथै त्यस्ता टेलिभिजन च्यानलहरुमा सूचनामूलक, समाचारमूलक, शिक्षाप्रद, मनोरञ्जनात्मक, खेलकुद आदि विषय बस्तुहरु समावेश भएको हुनु पर्नेछ ।

स-शुल्क च्यानलहरु प्रसारण गरे वापत अलग अलग रुपमा वा च्यानलहरुको प्याकेजको आधारमा उपभोक्ताबाट शुल्क लिन पाउने र प्रत्येक प्याकेजको अधिकतम मूल्य ४० रूपैयाँ (कर समेत) भन्दा बढी हुनु पाइने छैन् । नयाँ शुल्क अनुसार टेलिभिजन सेवा प्रदायकले च्यानल प्याकेज समेत परिमार्जन गर्नेछन् ।

स-शुल्क टेलिभिजन च्यानल बापत मासिक अधिकतम रु. २५०/- (कर समेत) भन्दा बढी उपभोक्ताबाट लिन नपाउने र स-शुल्क टेलिभिजन च्यानलहरुमा सूचनामूलक, समाचारमूलक, शिक्षाप्रद, मनोरञ्जनात्मक खेलकुद आदि विषय वस्तुहरु समावेश भएको हुनु पर्ने मन्त्रालयले जनाएको छ ।

स-शुल्क टेलिभिजन च्यानलहरु रोज्ने वा नरोज्ने भन्ने विषयमा उपभोक्ता स्वयमले निर्णय गर्न पाउने र सो निर्णयलाई प्रसारण संस्थाले अनिवार्य रुपमा पालना गर्नु पर्नेछ ।