कीवर्डहरू -

इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानरसहित आईफोन १५ सिरिज सार्वजनिक हुने 

इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानरसहित आईफोन १५ सिरिज सार्वजनिक हुने 

केही महिनामा आईफोन १५ को सार्वजनिक हुने भएको छ । आईफोन १४ सार्वजनिक हुनु अघि, यो फोन नयाँ डिजाइनसँग सार्वजनिक हुने खुलासा भएको थियो ।

फोनलाई आइ आकारको कटआउटको साथ नयाँ डायनामिक आइल्याण्ड दिइएको रिपोर्टले बताएको छ तर अब फेरि आईफोन १५ को जानकारी बाहिर आएको छ । प्राविधिक विज्ञहरूका अनुसार एप्पलले डिस्प्लेको डिजाइनमा थप परिवर्तन गर्न सक्छ ।

ट्विटरमा लीकर आइस युनिभर्सद्वारा साझा गरिएको आईफोन १५ शृंखलाको फ्रन्ट ग्लास प्यानल र प्रोटेक्टरको बारेमा इमेज लिक भएको छ ।

लीक गरिएका तस्बिरहरूको अनुसार आईफोन १५ प्रो र प्रो म्याक्स पनि पहिले भन्दा पातलो भएर आउनेछन् । अघिल्लो आईफोन १५ प्रो मोडेलको तुलनामा, हाइ एण्ड मोडेलमा नयाँ बेजेलहरू थप्पिएको छ ।

आईफोन १५ मोडेलले शक्तिशाली र नयाँ ए १७ बायोनिक चिपसेट प्याक गर्ने भएको छ । प्रो म्याक्स मोडेलले नयाँ पेरिस्कोप क्यामेरा पनि राखिनेछ ।

आईफोन १५ श्रृंखलाले यूएसबी सी पोर्टमा अपग्रेड प्राप्त गर्नेछ । यद्यपि, आईफोन १५ प्रो र प्रो म्याक्सले थन्डरबोल्ट पोर्टहरू प्राप्त गर्ने अपेक्षा गरिएको छ जसले लाइभ फोरके थन्डरबोल्ट आउटपुट पनि दिने गर्दछ ।

पुरानो आईफोन मोडेलहरूमा टच आईडीको साथ होम बटन थियो, तर आधुनिक आईफोनहरूमा होम बटन र फिंगरप्रिन्ट रिडर छैन् । आईफोन १५ श्रृंखला इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर हुने आशा गरिएको छ ।