कीवर्डहरू -

१ लाख राशीको भीमसेन थापा स्मृति पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई

१ लाख राशीको भीमसेन थापा स्मृति पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई

यस वर्षको राष्ट्रिय विभूति भीमसेन थापा स्मृति पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिने भएको छ ।

राष्ट्रिय विभूति थापा स्मृति प्रतिष्ठानले यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार महावीर पुन संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान निर्णय गरेको हो ।

पुरस्कारको राशी १ लाख रुपैयाँ रहेको छ। भीमसेन थापाको २४९औं जन्मजयन्तीको अवसरमा साउन ९ गते उक्त पुरस्कार प्रदान गरिने छ ।

महावीर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रले शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, उद्यमशीलता लगायतका विभिन्न क्षेत्रमा अनुसन्धान तथा विकासको काम गरिरहेको छ ।