कीवर्डहरू -

चाँडै वानप्लस १२ सार्वजनिक हुने, यस्ता छन् फिचर

चाँडै वानप्लस १२ सार्वजनिक हुने, यस्ता छन् फिचर

वानप्लस अहिले आफ्नो आगामी फ्ल्यागशिप स्मार्टफोनमा काम गरिरहेको छ । कम्पनीको अर्को फ्ल्यागशिप स्मार्टफोन वानप्लस १२ हुनेछ, जसको बारेमा धेरै विवरणहरू बाहिर आएका छन् ।

मिडिया रिपोर्टका अनुसार यो फोन एक शक्तिशाली फ्ल्यागशिप किलर हुनेछ, जसलाई कम्पनीले वानप्लस ११ को तुलनामा धेरै अपग्रेडको साथ सार्वजनिक गर्ने योजना बनाएको छ ।

वानप्लस १२ डिसेम्बर २०२३ मा चीन मा सार्वजनिक गर्ने कम्पनीको तयारी छ । यो सन् २०२४ को सुरुमा विश्व बजारमा लन्च हुने सम्भावना छ ।

यस फोनको बारेमा बाहिर आएको एक रिपोर्टका अनुसार कम्पनीले नयाँ डिजाइन, राम्रो प्रदर्शन र ठूलो डिस्प्लेका साथ फोन लन्च गर्न लागेको छ ।

आगामी वानप्लस १२ ले ६.७ इन्चको क्वाड एचडी प्लस कर्भ एएमओएलइडी डिस्प्ले पाउने अपेक्षा गरिएको छ ।

यसका साथै फोनमा १६ जीबीसम्म एलपीडिडिआर फाइभ एकस र्याम र २५६ जीबी यूएफएस ४.० आन्तरिक स्टोरेज हुनेछ । फोनमा स्नापड्रागन एट जेन थ्री चिपसेटमा हुन सक्ने बताइएको छ ।

वानप्लसको यो फोनमा सय वाट सुपर भिओओसी चार्जिङ र ५४०० एमएएच ब्याट्रीको साथ ५० वाट वायरलेस चार्जिङ रहने सम्भावना छ । फोन एन्ड्रोइड १४ मा–आधारित अक्सिजन ओएस १४ मा चल्ने हल्ला बाहिरिएको छ ।

फोनमा फाइभजी एस ए एनएसए, डुअल फोरजी, भोल्टे, वाइफाइ ६, ब्लुटुथ ५.३, यूएसबी टाइप सी र एनएफसी सुविधा हुन सक्ने छन् । यसका साथै यूएसबी टाइप–सी पोर्ट, स्टेरियो स्पिकर र डल्बी एटमसको लागि समर्थन प्राप्त हुनेछ ।

फोटोग्राफीको कुरा गर्दा यसमा ६४ एमपी प्राइमरी क्यामेरा हुने बताइएको छ, जुन अप्टिकल इमेज स्टेबिलाइजेसन (आईओएस) सपोर्टको साथ आउनेछ ।

यो फोनमा तीन गुणा अप्टिकल जुम सपोर्टसहितको टेलिफोटो लेन्स हुने अपेक्षा गरिएको छ । केही अन्य रिपोर्टहरूका अनुसार यसमा ५० मेगापिक्सेल प्राइमरी क्यामेरा र ५० मेगापिक्सेल अल्ट्रा–वाइड क्यामेरा हुन सक्ने छन् । फोनमा ३२ एमपी फ्रन्ट क्यामेरा हुने अपेक्षा गरिएको छ ।