कीवर्डहरू -

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा आईतबार सेमिनार हुँदै

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा आईतबार सेमिनार हुँदै

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा १ दिने सेमिनार आयोजना हुने भएको छ । काठमाडौं विश्वविद्यालय, एड चेन्ज नेपाल र निमा एकेडेमीको संयुक्त आयोजनामा आईतबार प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयक सेमिनार हुन लागेको हो ।

आउँदो आईतबार दिउँसो ३ बजेदेखि सञ्चालन हुने सेमिनारमा प्रगतिशिल शिक्षाका विभिन्न विषयमा छलफल हुनेछ ।
ज्ञानेश्वरमा आयोजना हुने कार्यक्रममा काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेसनका डीन प्रा.डा. बालकृष्ण लुइटेलले सम्बोधन गर्नेछन् ।

सेमिनारमा प्रभावकारी सिकाइ र स्कुल व्यवस्थापनमा काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. धनपति सुवेदी, शिक्षकको व्यवसायिक विकास विषयमा प्रा.डा. लक्ष्मण ज्ञवाली र असिस्टेन्ट प्रोफेसर विनोद पन्तले स्टिम शिक्षाको विषयमा प्रस्तुती दिनेछन् ।

यस्तै प्रभावकारी नेतृत्व र स्कुल व्यवस्थापनको विषयमा डा. शेष कान्त पंगेनी, लैंगिक समस्या बारे डा. लिना गुरूङ र प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एडचेन्ज नेपालका कार्यकारी निर्देशक विकास महर्जनले प्रस्तुती दिनेछन् ।