कीवर्डहरू -

सूचना प्रविधि सेवा निर्यात गर्ने व्यवसायलाई अब वाणिज्य बैंकबाट विदेशी मुद्रा सटहीको सुविधा

सूचना प्रविधि सेवा निर्यात गर्ने व्यवसायलाई अब वाणिज्य बैंकबाट विदेशी मुद्रा सटहीको सुविधा

नेपाल राष्ट्र बैंकले आईटी सेवा निर्यात गर्ने व्यवसायलाई वाणिज्य बैंकबाट विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराउने भएको छ ।

आईतबार सार्वजनिक भएको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सूचना प्रविधि लगायतका सेवा निर्यात गरेर विदेशी मुद्रा आर्जन गरेको निश्चित प्रतिशतसम्म विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराउने व्यवस्था गरेको हो ।

यसरी पाएको विदेशी मुद्रा सटही सुविधा तेस्रो मुलुकमा सम्पर्क कार्यालय स्थापना गर्न, विदेशी निकायलाई भुक्तानी गर्न/आफ्नै विदेशस्थित बैंक खातामा रकमान्तर गर्न र सफ्टवेयर वा प्रोग्राम खरिद तथा उपकरण जडानमा खर्च गर्न सकिने छ ।

‘सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने उद्देश्यले सञ्चालित उद्योग/व्यवसायलाई तेस्रो मुलुकमा सम्पर्क कार्यालय स्थापना गर्न, विदेशी निकायलाई भुक्तानी गर्न/आफ्नै विदेशस्थित बैंक खातामा रकमान्तर गर्न र सफ्टवेयर वा प्रोग्राम खरिद तथा उपकरण जडान गर्न उद्योग/व्यवसायले गरेको विदेशी मुद्रा आर्जनको निश्चित प्रतिशतसम्म विदेशी मुद्रा सटही सुविधा तोकिएका कागजातहरुको आधारमा वाणिज्य बैंकमार्फत नै उपलब्ध हुने व्यवस्था गरिने छ,’ मौद्रिक नीतिमा भनिएको छ ।