कीवर्डहरू -

अन्तर्राष्ट्रिय लिङ्ग्विस्टिक ओलम्पियाडमा नेपाली टिम सहभागी

अन्तर्राष्ट्रिय लिङ्ग्विस्टिक ओलम्पियाडमा नेपाली टिम सहभागी

अन्तर्राष्ट्रिय भाषिक ओलम्पियाडमा नेपाली टिम बुल्गेरियाको बान्स्को सहर पुगेको छ । अन्तर्राष्ट्रिय लिङ्गविस्टिक्स ओलम्पियाडमा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै नेपाली टिम बुल्गेरियाको बान्स्को पुगेको हो ।

काठमाण्डौं विश्वविद्यालयका सह प्राध्यापक डा. बालकृष्ण बलको नेतृत्वमा ४ नेपाली विद्यार्थी र २ पर्यवेक्षकको टोलीसहित नेपाली टोली बुल्गेरियाको बान्स्को पुगेको जनाइएको छ ।

यस भाषिक ओलम्पियाड जुलाई २१ देखि २९ सम्म सञ्चालन हुनेछ । पहिलो पल्ट सन् २०१९ मा दक्षिण कोरियामा भाग लिएको नेपाली टोलीको यो दोस्रो सहभागिता हो । ओलम्पियाडमा विभिन्न देशका करिब ४० टोली र २०० भन्दा बढीको सहभागिता रहेको छ ।

अन्तर्राष्ट्रिय लिङ्गविस्टिक्स ओलम्पियाड वार्षिक प्रतियोगिता हो । यसले लिङ्ग्विस्टिक क्षेत्रमा विज्ञहरूलाई एकै ठाउँमा ल्याउने काम गर्दछ ।

नेपालमा राष्ट्रिय भाषिक ओलम्पियाड हिमालयन कम्प्युटेशनल लिड्गुइस्टिक ओलम्पियाडको ब्यानर र ल्याङ्ग्वेज टेक्नोलोजी केन्द्रको सहकार्यमा हरेक वर्ष सञ्चालन हुँदै आएको छ । विभिन्न सरकारी तथा गैर–सरकारी संस्थाहरूले सन् २०१७ देखि नै सञ्चालन गर्न सहयोग पुर्याइरहेका छन् ।