कीवर्डहरू -

एआईमा आधारित क्रेडिट रिस्क मोडलिङ प्लेटफर्म ल्याउन एसबी सोलुसन र फिनबोट्सबीच सहकार्य 

एआईमा आधारित क्रेडिट रिस्क मोडलिङ प्लेटफर्म ल्याउन एसबी सोलुसन र फिनबोट्सबीच सहकार्य 

एसबी सोलुसन्सले सिंगापुरको फिनटेक कम्पनी फिनबोट्स डट एआइसँग सहकार्य गरेको छ । दुई कम्पनीबीच एआइमा आधारित क्रेडिट रिस्क मोडलिंग प्लेटफर्म क्रेडिटएक्स नेपालमा ल्याउन सहकार्य भएको हो ।

यस रणनीतिक साझेदारीले नेपालका बैंक तथा अरू वित्तीय संस्थाहरूले एआइ प्रयोग गरिएको गरेको उन्नत डिजिटल जोखिम मोडलिङ अभ्यास प्रयोग गर्न सक्ने छन् ।

फिनबोट्सको एआई क्रेडिटएक्सले क्रेडिट स्कोरिंगमा पनि धेरै सहयोग गर्ने कम्पनीको भनाइ छ । फिनबोट्सका संस्थापक तथा सिइओ सञ्जय उप्पालले  एसबी सोलुसनसँग सहकार्य गरेर क्रेडिटएक्सलाई नेपाल ल्याउन पाउँदा खुशी भएको बताए  ।

एआईमा आधारित क्रेडिट स्कोरिंग फिचर नेपाली वित्तीय संस्थाहरुलाई दिएर सशक्तिकरण गर्ने लक्ष्य कम्पनीको रहेको उनी बताउँछन् ।

यस सहकार्यले क्रेडिट अन्डरराइटिंगको प्रक्रियालाई पनि सहज हुने दुवै कम्पनीको विश्वास छ, जसले गर्दा स्वीकृति दर २० प्रतिशतले र घाटा दर १० प्रतिशतले कम हुनेछ ।

एसबी सोलुसन्सका संस्थापक तथा सिइओ सन्जोग मिश्रले क्रेडिटएक्स नेपालमा ल्याउन पाउँदा खुसी व्यक्त गरे ।