कीवर्डहरू -

महेन्द्रनगर-कंचनपुरमा डिशहोम फाइबरनेटको शोरूम

महेन्द्रनगर-कंचनपुरमा डिशहोम फाइबरनेटको शोरूम

महेन्द्रनगर - कंचनपुरमा डिशहोम फाइबरनेटको औपचारिक सुरुवात भएको छ ।  साउन १२ गते डिशहोमका कार्यकारी उपाध्यक्ष रमेश सापकोटा, आम्दानी तथा संकलन प्रमुख उज्जवल न्यौपाने, क्षेत्रीय बिक्री प्रबन्धक विपेन्द्र न्यौपाने, सिनियर सेल्स अफिसर कमल रिमाल  र डिलरको तर्फबाट बब्लु भट्टको उपस्थितिमा शोरूमको उद्घाटन गरिएको हो ।

२०७८ फाल्गुन देखि डिशहोम फाईबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरू गरिएको सो सोरुमको सञ्चालन रोयल मल्टी प्रपोजले गर्नेछ ।

विगत लामो समय देखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको रोयल मल्टी प्रपोजले  अब डिशहोम फाईवरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ ।

८५० सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको रोयल मल्टी प्रपोजले अब अझ बढी ग्राहकहरूकोमाझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने रोयल मल्टी प्रपोजका सञ्चालक दिनेश चन्दले जानकारी दिए ।