कीवर्डहरू -

आइएमई पेको नारीहरूलाई लक्षित गर्दै \'प्रिटी उत्सव\' अफर

आइएमई पेको नारीहरूलाई लक्षित गर्दै \'प्रिटी उत्सव\' अफर

आइएमई पेले साउन महिनामा नारीहरूलाई लक्षित गर्दै प्रिटी उत्सव नामक अफर सार्वजनिक गरेको छ । सो अफर यही साउन महिनाको दोस्रो सोमबार अर्थात् साउन ८ देखि ३२ गते सम्म चल्ने छ ।

यस अफरमा जित्नु हुने प्रत्येक विजेतालाई प्रिटी क्लिकको ५ हजार रूपैयाँको भौचर प्रदान गरिने छ । सो अफरमा भाग लिन सेवाग्राहीले अफर अन्तराल भरि कम्तीमा एक पटक आइएमई पेमार्फत क्युआर  स्क्यान गरी भुक्तानी गर्नु पर्ने छ ।

अफर अन्तरालभरि प्रत्येक ५ दिन पश्चात् गोला प्रथामार्फत २ जना विजेता छनौट गरिने छ । विजेताहरूको नाम सामाजिक सञ्जाल मार्फत घोषित गरिने छ ।

सेवाग्राहीले जुनसुकै क्यु आर  मार्फत भुक्तानी गर्न सक्ने छन् ।  विजेताहरूले प्रिटी क्लिकमा गएर सो भौचरको प्रयोग गर्न सक्ने छन् । यो अफर आइएमई पेको महिला सेवाग्राहीहरूका लागि मात्र मान्य रहेको छ ।