कीवर्डहरू -

एफडी मोटर्सका विद्युतीय स्कुटर खरिद गर्न कुमारी बैंकले कर्जा दिने

एफडी मोटर्सका विद्युतीय स्कुटर खरिद गर्न कुमारी बैंकले कर्जा दिने

एफडी मोटर्सका विद्युतीय स्कुटर खरिद गर्न कुमारी बैंकले अब कर्जा दिने भएको छ । यसका लागि ग्रन्थ इलेक्ट्रिक भेहिकल (एफ डि मोर्टर्स) र कुमारी बैंकबिच सरल र सहज रुपमा क्रेडिट कार्ड मार्फत कर्जा सुविधा पाउने गरी सम्झौता भएको हो ।

यस अन्तर्गत कुनै पनि ग्राहकहरुले कुमारी बैंक वा एफ डि मोर्टर्सका सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर १२ महिना देखि १८ महिनासम्मको किस्ता तिरेर विद्युतीय स्कुटर खरिद गर्न सक्नेछन् ।

यदी कुनै पनि ग्राहकले कर्जाको भुक्तानी अग्रिम रुपमा गर्न चाहेमा बिना शुल्क भुक्तानी गर्न सक्ने छन् ।

एफ डि मोर्टर्सले हाल दुई ओटा मोडेल को इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ, जसमा एफ फाइभ र एफ फाइभ ए रहेको छ । यी स्कुटरकोको मुल्य क्रमशः २ लाख ६१ हजार ९९९ र २ लाख ९७ हजार ९९९ रूपैयाँ रहेको छ ।