कीवर्डहरू -

नासाको गलत निर्देशनले १९.९ अर्ब किलोमिटर टाढा पुगेको भोयाजर–२ बाट सिग्नल प्राप्त

नासाको गलत निर्देशनले १९.९ अर्ब किलोमिटर टाढा पुगेको भोयाजर–२ बाट सिग्नल प्राप्त

नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) को गलत निर्देशनका कारण भोयजर-२ अन्तरिक्षयान १९.९ अर्ब किलोमिटर टाढा पुगेको छ ।

योसँगै अन्तरिक्षयानको एन्टेना पनि २ प्रतिशतले सरेको थियो, जसका कारण नासासँगको अन्तरिक्षयानको सम्पर्क टुट्न पुगेको थियो । तर मंगलबार भने भोयजर–२ १९९७ बाट हार्टबिट सिग्नल प्राप्त भएको छ ।

प्राविधिक गडबडीका कारण अन्तरिक्ष यानले डिप स्पेस नेटवर्कमा अन्तरिक्ष जानकारी पठाउन सकेको थिएन । यसैबीच मंगलबार धेरै दिनपछि अन्तरिक्षमा भोयाजर २ को आवाज सुनिएको जानकारी आएको हो ।

अष्ट्रेलियाको क्यानबेरामा रहेको आफ्नो सबैभन्दा ठूलो एन्टेनामार्फत भोयजर–२ को खोजी भइरहेको नासाले जानकारी दिएको थियो । हाल, यो अन्तरिक्ष यान रहेको ठाउँबाट पृथ्वीबाट अन्तरिक्ष यानमा कुनै पनि सिग्नल पठाउन १८ घण्टाभन्दा बढी समय लाग्छ ।

परियोजना प्रबन्धक सुजेन डोडले मंगलबार इमेलमार्फत जानकारी दिए अनुसार अन्तरिक्ष यानको संकेत डीप स्पेस नेटवर्कमा ट्र्याक गरिएको छ । यसको मतलब ४६ वर्ष पुरानो अन्तरिक्ष यान अझै काम गरिरहेको छ ।

क्यालिफोर्नियाको जेट प्रोपल्सन प्रयोगशालाका उडान नियन्त्रकहरूले अब भोयाजर-२ को एन्टेनालाई पृथ्वीतर्फ फर्काउने प्रयास गर्नेछन् ।

वैज्ञानिकहरुले अन्तरिक्षयानलाई नियन्त्रणमा ल्याउन नसके अटोमेटिक स्पेसक्राफ्ट रिसेटका लागि अक्टोबरसम्म कुर्नुपर्ने बताएका छन् ।

यद्यपी, वैज्ञानिकहरूले अन्तरिक्षयानको एन्टेना २ प्रतिशत मात्रै अफ–किल्टर भएको विश्वास गर्छन् । यो भोयजर २ सन् १९७७ मा अन्तरिक्षमा रहेका अन्य ग्रहहरूको खोजीका लागि प्रक्षेपण गरिएको थियो ।

भोयजर २ सँगसँगै भोयजर १ लाई पनि अन्तरिक्षमा पठाइएको थियो । भोयाजर १ अहिले पृथ्वीबाट १५ अर्ब माइल (२४ बिलियन किलोमिटर) टाढा छ । सन् २०१८ मा भ्वाएजर–२ ले सौर्यमण्डल पार गरी इन्टरस्टेलर अन्तरिक्षमा पुगेको थियो ।