कीवर्डहरू -

पहिलो पटक बन्यो नेपालको आफ्नै साइबर सुरक्षा नीति

पहिलो पटक बन्यो नेपालको आफ्नै साइबर सुरक्षा नीति

पहिलो पटक नेपालको आफ्नै राष्ट्रिय साइबर सुरक्षा नीति बनेको छ । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गरेसँगै पहिलो पटक राष्ट्रिय साइबर सुरक्षा नीति आएको हो ।

साइबर सुरक्षाको जोखिम न्युनिकरण गर्ने उद्देश्यसहित राष्ट्रिय साइबर सुरक्षा नीति २०८० आएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले बताए ।

‘नेपालमै पहिलो पटक साइबर सुरक्षा नीति आएको छ । यसले साइबर सुरक्षा सम्बन्धि कानुनलाई दिशा निर्देश गर्नेछ,’ प्रवक्ता सुवेदीले आइसिटी समाचारसँग भने, ‘अन्ततः नीति उद्देश्य साइबर सुरक्षाको जोखिम न्युनिकरण गर्ने नै हो ।’

साइबर सुरक्षा सम्बन्धि समस्या समाधान गर्न नीतिमा निर्देशन गर्ने र समस्या समाधान गर्ने समितिको समेत प्रस्ताव गरिएको छ । साइबर सुरक्षा सम्बन्धि विषय हेर्ने एउटा संस्थाको समेत यसले परिकल्पना गरेको छ ।

मन्त्रीपरिषद्बाट नीति पारित भएपनि छाप लगाएर वेबसाइटमा राख्न केही समय लाग्ने छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरोकारवालासँग छलफल गरेर नीतिलाई परिमार्जन गर्दै मन्त्रीपरिषद्मा पेस गरेको थियो । त्यसपछि मन्त्रिपरिषद्ले मंगलबार पारित गरेको हो ।