कीवर्डहरू -

पोखरा विश्वविद्यालय स्नातक तहमा छात्रवृत्तिका लागि दरखास्त आह्वान

पोखरा विश्वविद्यालय स्नातक तहमा छात्रवृत्तिका लागि दरखास्त आह्वान

पोखरा विश्वविद्यालयले स्नातक तहको छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेको छ । विश्वविद्यालयल आङ्गिक, संयुक्त आङ्गिक र सम्बन्धनप्राप्त कलेजहरुमा निःशुल्क छात्रवृत्ति अध्ययनका लागि खुला प्रतियोगिताबाट विद्यार्थी छनौट गर्न शुक्रबार एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।

छात्रावृत्तिका लागि भदौ २ गते शनिबारदेखि भदौं १७ गते आइतबार कार्यालय समयसम्म अनलाइन् आवेदन दिन सकिने छ ।

विश्वविद्यालयले तोकिएको दस्तुर बुझाएर अनलाइनमार्फत दरखास्त दिन सक्ने व्यवस्था गरेको छ ।

खुला र आरक्षित दुवैतर्फका छात्रवृत्तिमा महिला ५० प्रतिशत छानिने विश्वविद्यालयले जनाएको छ । सार्वजनिक विद्यालयमा अध्ययन गर्नेले पाउन छात्रवृत्ति प्राप्त गर्न कक्षा ६ देखि कक्षा १० सम्म सार्वजनिक विद्यालयमा अध्ययन गरेको हुनुपर्नेछ ।
छात्रवृत्तिका लगि परीक्षा विज्ञान तथा प्रविधि सँकाय समूर्ह क’ का लागि भदौ २२ गते विहान ७ बजेदेखि १० बजेसम्म र समूर्ह ख’ का लागि दिउँसो १ बजेदेखि ४ बजेसम्म र व्यवस्थापन संकायका लागि भदौ २३ गते ७ बजेदेखि १० बजेसम्म तथा मानविकी तथा सामाजिकशास्त्र संकायका लागि दिउँसो १ बजेदेखि ४ बजेसम्म हुने छ ।

सबै परिक्षाहरु पोखरा विश्वविद्यालयको प्राज्ञिक कम्प्लेक्स, पोखरा–३० ढुंगेपाटन, कास्कीमा हुने सूचनामा उल्लेख छ ।

छात्रार्वत्ति सम्बन्धी कार्यक्रमको विस्तृत जानकारीका लागि पोखरा विश्वविद्यालयको वेवसाइटबाट पनि हेर्न समेत सकिने छ ।


\"\"