कीवर्डहरू -

खल्तीबाटै अरिजित सिंहको लाईभ म्युजिकल शोको टिकट खरिद गर्न सकिने

खल्तीबाटै अरिजित सिंहको लाईभ म्युजिकल शोको टिकट खरिद गर्न सकिने

खल्तीबाटै अरिजित सिंहको लाईभ म्युजिकल शोको टिकट खरिद गर्न सकिने भएको छ । नोभेम्बर २५ मा काठमाडौंको हायात रिजेन्सी ग्राउण्डमा दिउँसो २ बजे सुरु हुने अरिजित सिंहको लाईभ शोको टिकट सबैले सजिलै खल्तीमार्फत किन्न सक्नेछन् ।

अहिले बलिउडका सबैभन्दा लोकप्रिय गायक साथै विश्वव्यापी संगीत स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाईमा २०२० - २०२२ को सबैभन्दा स्ट्रिम गरिएको भारतीय कलाकारको रूपमा परिचित छन् ।

अरिजित सिंहको  लाईभ म्युजिकल शोको टिकट सजिलै सुबिधा जनक तवरबाट सङ्गीत प्रेमी प्रयोगकर्ताहरूले प्राप्त गरुन भन्ने प्रतिबद्धताका साथ खल्तीले यो सुबिधा उपलब्ध गराएको छ।

यस सुबिधा उपलब्ध भएसँगै खल्ती प्रयोगकर्ताहरूले निर्धक्क भई टिकट खरिद गरी आफ्नो स्थान सुरक्षित गर्न सक्नेछन्।