कीवर्डहरू -

सन् २०२४ भित्रमा एप्पलले अमेरिकामै निर्मित चिप प्रयोग गर्ने

सन् २०२४ भित्रमा एप्पलले अमेरिकामै निर्मित चिप प्रयोग गर्ने

एप्पलले सन् २०२४ सम्म अमेरिकामै निर्मित चिप प्रयोग गर्नेछ । एप्पलले सन् २०२४ सम्म अमेरिकामै निर्मित चिप प्रयोग गर्नेबारे एप्पलका सिईओ टिम कुकले बताएका हुन् ।

यसले गर्दा एप्पलले धेरै ताइवान जस्तो एसियाली मुलुकहरुमाथि भरपर्ने छैन् । अहिले ताइवानमा विश्वको ६० प्रतिशत चिप उत्पादन हुने गर्दछ ।

त्यही निर्भरतालाई कम गर्न अमेरिकाको एरिजोनामा चिप निर्माण प्लान्ट बन्दैछ, जुन् सन् २०२४ सम्ममा सुचारु हुनेछ । यस प्लान्टको प्रति महिना २० हजार चिप बनाउने क्षमता रहेको छ ।