कीवर्डहरू -

कोर्नको नयाँ स्मार्ट वाच नेपाली बजारमा

कोर्नको नयाँ स्मार्ट वाच नेपाली बजारमा

कोर्न नेपाली बजारका लागि धेरै पुरानो नाउँ होइन, तर यसले आफूलाई नेपाली बजारमा स्थापित भने गराईसकेको छ । स्मार्ट वाच, बड्स तथा मोबाईल एक्सेसोरीजको पर्यायको रुपमा नेपाली बजारमा भित्रिएको छोटो समयमै कोर्नले विस्तार गरेको बजार र स्थापित गरेको नेटवर्क निक्कै लोभलाग्दो छ ।

कारण यही हुनुपर्छ कोर्न जस्तै देखिने नक्कली एक्सेसोरीजहरु नेपाली बजारमा पाउन थालिएका छन् । यसले नेपाली बजारमा कोर्न स्थपित भएको प्रमाणीत गर्छ भने यही अवस्था आयातकर्ताको टाउको दुखाई बन्न थालेको छ । चीनको मोबाईल एक्सेसोरीज् निर्माणका क्षेत्रमा अग्रणी मानिएको ब्राण्ड कोर्नलाई नेपाली बजारमा केमियो इन्टरनेशनले भित्र्याएको हो ।

कोर्नको सफलताका पछाडी मुख्य तिन कारणहरु रहेका छन् । यसका उत्पादनमा निहित गुणस्तरीयता, विक्री पश्चातको सेवामा कम्पनी तथा आयातकर्ताको तादरुकता र प्रतिस्पर्धी मूल्य निर्धारण । कोर्नका उत्पादनको गुणस्तरीयताको प्रत्याभूतीका लागि कोर्नले आफ्ना हरेक उत्पादनमा एक बर्षको वारेन्टी प्रदान गर्दै आएको छ भने, प्रतिस्पर्धीको तुलनामा गुणस्तरीय विल्ड क्वालिटी कोर्नको युएसपी नै हो । आफ्ना हरेक उत्पादनको प्रतिस्पर्धी मूल्य कायम गर्नमा निकै सजकता अपनाउने कोर्नले नेपाली बजार सुहाउँदो मूल्य निर्धारणमा जोड दिंदै आएको छ भने आयातकर्ता केमियोले पनि आफ्नो मूनाफामै सम्झौता गरेर भएपनि सुलभ मूल्य कायम गर्दै आएको छ । विक्री पश्चातको सेवाका क्षेत्रमा कोर्नले देखाएको तादरुकताको जति प्रसंसा गरेपनि कमै हुन्छ ।

सानो आकारको बजारका बाबजुत कोर्नले नेपाली बजारमा डेडिकेटेड सर्भिस सेन्टर स्थापना गरेको छ भने कुनै पनि उत्पादन सर्भिस सेन्टरमा रिसिभ भएर समस्या समाधान नभए रिप्लेसमेन्टनै दिने नीति लिएको छ ।

कोर्नको नेपाली बजारमा प्राप्त सफलताको अर्को महत्वपूर्ण यसको प्रडक्ट डिजाईन र यसले कायम गरेको प्रोडक्ट लाईफसाईकल हो । इनोभेटिभ डिजाईन र फिचरका उत्पादन बजारमा ल्याउने मात्र होईन त्यसलाई निरन्तर अपडेट र परिमार्जन गर्दै जानुले पनि कोर्नका उत्पादहरु डिजाईनका हिसावले फ्रेस र अपडेटेड रहने गरेका छन् ।

आफ्नो पछिल्लो उत्पादनको रुपमा कोर्नले सिडब्लुएट म्याक्स स्मार्टवाच नेपाली बजारमा ल्याएको छ । एप्पल वाच अल्ट्राको डिजाईन बाट इन्सपायर्ड यो सिडब्लुएट म्याक्सको युजर इन्टरफेस एण्डरोईड थिममा रहेको छ । आईफोन र एण्डरोईड दुवैमा कनेक्ट गर्न सकिने यो वाचको डिजाईन, विल्ड क्वालिटी, युजर इन्टरफेस र कम्फर्ट कहिं कतै सम्झौता गरिएको छैन ।

मेटल बडि भएको यो स्माट वाच झण्डै २ इन्च ठूलो एचडी डिस्प्ले को प्रयोग गरिएको छ । रिअल टाइम हेल्थ मनिटरिङ्ग गर्ने क्षमता भएको यो स्मार्टवाच ब्लड प्रेसर मनिटरिङ्ग, ब्लड अक्सिजन मनिटरिङ्ग, हर्ट रेट मनिटरिङ्ग लगायतका सुविधाहरु प्रदान गरिएको छ भने यसले प्रयोगकर्ताको स्लिप मनिटरिङ्गको समेत सक्षमता राख्छ ।

उच्च गुणस्तरीय ग्लास प्रयोग गरिएको यो स्मार्टवाच स्क्र्याच प्रुफ रहेको छ आईपी सिक्सटी सेभेन वाटर रेसिस्टेन्स रहेको छ । ब्लुटुथ कलिङ्गका साथमा एसएमएस अलर्ट, मिस्ड कल अलर्ट, म्युजिक कन्ट्रोल, क्यामेरा कन्ट्रोल जस्ता विशेषताहरुले यसलाई स्माट वाच मात्र नभई एक उत्कृष्ठ र इन्डिपेन्डेन्ट ग्याजेटको रुपमा प्रयोग गर्न सकिने देखिन्छ ।

यो स्मार्ट वाचमा ३०० मिलिएम्पियरको ब्याट्री प्रयोग गरिएको छ जसले एक पटकको चार्जिङ्गमा १५ दिनको ब्याकअप प्रदान गर्छ भने वायरलेस चाजिङ्ग तथा एनएफसी समेत भएको यो स्मार्टवाचमा ब्लुटुथ ५.० को प्रयोग गरिएको छ।

यसरी पछिल्ला पुस्ताका विशेषताहरु समावेश गरिएको यो स्मार्टवाचको प्रवेश सँगै नेपाली बजारमा कोर्नको ब्राण्ड भ्यालु थप बृद्धि हुनेमा निश्चिन्त रहेको कोर्नका आयातकर्ता केमियो इन्टरनेशनल प्रा. लि. का अध्यक्ष उपेन्द्र साहले आयोजित कार्यक्रममा बताए । यो स्मार्ट वाचको अधिकतम खुद्रा विक्री मूल्य रुपैंया सात हजार पाँच सय तोकिएको छ भने यसमा एक बर्षको वारेन्टी प्रदान गरिएको छ ।

कोर्नले सिडब्लुएट म्याक्स स्मार्टवाचको एक्सक्लुसिभ लन्च अगष्ट २९ मा अनलाईन सेल्स पोर्टल दराज डट कम मार्फत लन्च गर्ने भएको हो ।

कोर्नको आधिकारीक विक्रेता केमियो र दराज विच नेपाली बजारमा स्मार्टवाच तथा मोबाईल एक्सेसोरीज विक्री वितरणका लागि लामो समयदेखि सहकार्य हुँदै आएको मा यस पटक सिडब्लुएट म्याक्स स्मार्टवाचलाई विशेष अफरहरु सहित बजारमा ल्याउने भएको हो ।

एक्स्कुलसिभ लन्चमा सहभागि मध्ये पहिला २० ग्राहकले जम्मा चार हजार नौ सय उनान्सय रुपैंयामा सिडब्लुएट म्याक्स स्मार्टवाच प्राप्त गर्नेछन् भने थप ८० ग्राहकहरुले पाँच हजार नौ सय उनान्सयमा सिडब्लुएट म्याक्स स्मार्टवाच किन्न सक्नेछन् ।

दराजमा सिडब्लुएट म्याक्स स्मार्टवाच सात हजार चार सय उनान्सय रुपैंयामा उपलब्ध हुनेछ । यसमा दराजमा विभिन्न अवसर तथा अफरहरुमा प्राप्त हुने भौचर तथा पेमेन्ट डिस्काउन्टहरु समेत प्रयोग गरि थप छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।