कीवर्डहरू -

यसरी हटाउनुहोस् विन्डोज ११ बाट जंक फाइल 

यसरी हटाउनुहोस् विन्डोज ११ बाट जंक फाइल 

स्मार्टफोन जस्तै कम्प्युटरले पनि ब्राउजर, सामाजिक सञ्जालका साइट, एप्स आदिको जानकारी वा डाटा सेभ गर्ने गर्दछ । यी एप, ब्राउजरहरु बढी प्रयोग गर्दा ल्यापटपको भण्डारण भरिन्छ । यस्तो अवस्थामा हाम्रो कम्प्युटर स्लो हुन्छ ।

धेरै प्रयोगकर्ताहरू आफ्नो ल्यापटप वा कम्प्युटरको सुस्त गतिको बारेमा चिन्तित हुने गर्दछन् । यो लेखको माध्यमबाट हामी तपाईलाई केहि चुनिंदा टिप्स बताउन गइरहेका छौं, जसको सहायताले तपाई सजिलै आफ्नो सिस्टमको स्पीड बढाउन सक्नुहुन्छ ।

धेरै पटक, जंक फाइलहरूको कारणले, पीसी धेरै ढिलो काम गर्दछ वा ह्याङ्ग हुन थाल्छ । यदि तपाइँको विन्डोज ११ ल्यापटप धेरै सुस्त गतिमा काम गरिरहेको छ र तपाइँ यसको बारेमा चिन्तित हुनुहुन्छ भने, तपाइँले अब चिन्ता लिनु पर्दैन् । आज हामी तपाईलाई विन्डोज ११ ल्यापटपमा जंक फाइल कसरी सफा गर्ने भन्ने बारे जानकारी दिदैछौँ ।

विन्डोज ११ पिसीबाट यसरी जंक फाइलहरू मेटाउनुहोस्

यस लेखमा हामी तपाईंलाई सजिलो तरिकाहरू बताउन गइरहेका छौं, जसको प्रयोग गरेर तपाईं आफ्नो ल्यापटपको जंक फाइल खाली गर्न सक्नुहुन्छ । यस विधिमा, तपाईंले कुनै पनि तेस्रो पक्ष एप इन्स्टल गर्नु पर्दैन् । तपाइँ तपाइँको पीसी मा केहि कमाण्डलाई प्रोम्प्ट गरेर जंक क्लियर गर्नुपर्ने हुन्छ ।

जंक फाइलहरू हटाउन सर्वप्रथम तपाईं स्टार्ट मेनुमा जानुहोस् । अब यहाँ तपाईंले सिएमडी टाइप गर्नुपर्नेछ, जसले गर्दा कमाण्ड प्रम्प्ट विन्डोको विकल्प देखा पर्नेछ । तपाईंले यो विकल्पमा क्लिक गर्नुपर्छ ।

कमाण्ड विन्डोमा %SystemRoot%explorer.exe %temp% टाइप गर्नुहोस् र इन्टर बटनमा क्लिक गर्नुहोस् ।

अब जंक फाइलहरू तपाईंको अगाडि देखा पर्नेछ, तिनीहरूलाई ctrl+A  थिचेर सबै सेलेक्ट गर्नुपर्छ । सेलेक्ट गरेपछि तपाईंले ती जंक फाइललाई डिलिट गर्न सक्नुहुनेछ ।

यदि तपाइँको पीसी धेरै ढिलो वा ह्याङ्ग हुन्छ भने, तपाइँ तल उल्लेखित विधिको मद्दतले यसको गति बढाउन सक्नुहुन्छ ।

  • पीसीमा र्याम बढाउनुहोस्
  • एसएसडीमा अपग्रेड गर्नुहोस्
  • स्टार्टअपमा लोड हुने कार्यक्रमहरू जाँच गर्नुहोस्
  • एन्टिभाइरस प्रयोग गर्नुहोस्
  • डिस्क स्पेस खाली गर्नुहोस्