कीवर्डहरू -

यी फिचरका साथ एप्पल १५ सिरिज सार्वजनिक हुने

यी फिचरका साथ एप्पल १५ सिरिज सार्वजनिक हुने

सेपटेम्बर आउन लागेसँगै आइफोन १५ सार्वजनिक हुने समय पनि निकै नजिकिदै गएको छ । एप्पल प्रयोगकर्ताहरुका लागि आइफोन १५ कस्तो हुन्छ भन्ने कुरा एकदमै रुचीकै विषय हो । यही कारणले आज हामी आइफोन १५ को बारेमा सार्वजनिक भएको अहिलेसम्मको जानकारी समावेश गरेर यो लेख तयार पारेका छौँ ।

अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पलले यसवर्ष सार्वजनिक गर्ने आइफोन-१५ सिरिजमा अहिलेसम्मकै शक्तिशाली क्यामेरा राख्‍ने बताएको छ।

हरेक वर्ष आइफोनमा नयाँ नयाँ फिचर ल्याइरहेको एप्पलले यो वर्षको सेप्टेम्बरमा आफ्नो नयाँ आइफोन-१५ सिरिजमा  शक्तिशाली क्यामेरा राख्न लागेको हो ।

एप्पलले आफ्नो आगामी संस्करणको फ्लागसिप आइफोनमा पेरिस्कोप क्यामेरा लेन्स राख्ने दाबी गरिएको छ । यसका लागि एप्पलले आगामी आइफोन-१५ प्रो म्याक्सका लागि एक अर्को आपूर्तिकर्तालाई समावेश गर्ने योजना बनाइरहेको छ ।

आइफोन-१५ प्रो म्याक्समा एउटा पेरिस्कोप क्यामरा सेन्सर रहने बताइएको छ । यो एक प्रकारको टेलिफोटो लेन्स हो, जसले एउटा एंगल मिररको माध्यमबाट क्यामराको इमेज सेन्सरतर्फ प्रकाशलाई परावर्तन गर्छ र त्यसबाट उत्कृष्ट म्याग्निफिकेशन प्राप्त हुन्छ । प्रकाशको दिशामा परिवर्तनबाट आइफोन-१५ प्रो म्याक्सले कुनै धमिलोपन बिना नै उच्च गुणस्तरको तस्बिर खिच्न सकिन्छ।

आइफोन-१५ मा पाँच गुणा बढी अप्टिकल जूममा उपलब्ध हुने बताइएको छ । आइफोनको सबैभन्दा पछिल्लो आइफोन-१४ प्रो म्याक्समा तीनगुणा अप्टिकल जूम रहेको छ । यसका लागि जिनियस इलेक्ट्रोनिक अप्टिकलले नयाँ आइफोनको क्यामराका लागि उक्त पेरिस्कोप सिस्टम निर्माण गर्ने बताइएको छ । यद्यपि यस विषयमा एप्पलले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

आइफोन-१५ सिरिजमध्ये आइफोन-१५ प्रोमा निकै पातलो भेजल्स रहनेछ । डिस्प्लेमा भेजल्स केवल १.५५ मिलिमिटरको हुने बताइएको छ । नयाँ आइफोनसँगै क्यामेरा मोडलमा पनि थोरै परिवर्तन हुन बताइएको छ । आइफोन-१५ प्रोमा उत्कृष्ट स्क्रिन टु बडी रेशियो राखिने जसबाट फोनको डिस्प्ले साइजलाई कम नगरी फोनलाई अझै कम्प्याक्ट बनाउन सकिनेछ ।

त्यस्तै आइफोन-१५ प्रो सिरिजले अब ईसिम मात्र सपोर्ट गर्न सक्ने बताइएको छ । आइफोन १४ सिरिजलाई अमेरिकी बजारमा केवल ईसिम मोडलमा पेश गरिएको छ । साथै अब विश्वका अन्य भागमा आपूर्ति हुने आइफोनमा पनि ईसिम र फिजिकल सिम दुवै स्लट उपलब्ध बताइएको छ ।

आइफोन १५ सिरिजसँगै आइफोन १५ प्रो म्याक्सको बारेमा पनि थप जानकारीहरु बाहिर आएका छन् । यस्तो हुनेछ आगामी आइफोन १५ प्रो म्याक्स :

आइफोन १५ प्रो म्याक्सले हालको आईफोन १४ प्रो म्याक्स जस्तै क्यामेरा र प्रदर्शन प्रविधि प्राप्त गर्नेछ । लीक अनुसार, आइफोन १५ प्रो म्याक्सले आइएमएक्स ८०३ क्यामेरा सेन्सरमा आधारित ४८–मेगापिक्सेल १/१.२८″ क्वाड–बायर क्यामेरा आउने छ, जुन पहिले नै आइफोन १४ प्रो र प्रो म्याक्स मोडेलहरूमा प्रयोग गरिएको थियो । सोनी आइएमएक्स ९०३, १″ सेन्सरमा आधारित नयाँ क्यामेराको अपेक्षा गर्नेहरूलाई यो लीकले निराश पार्न सक्छ ।

डिस्प्लेको बारेमा कुरा गर्दा, आईफोन १५ प्रो म्याक्स हालको जेनरेशन एम १२ ओएलइडी प्यानल टेक्नोलोजीको साथ सार्वजनिक हुनेछ । आगामी आइफोनमा डिस्प्लेको साइज अलि फरक हुने सम्भावना छ ।

रिपोर्टहरूको अनुसार, आईफोन १४ प्रो म्याक्समा दिइएको १६०.७ एमएमको तुलनामा १५९.८ एमएम को कम उचाइ र ७७.६ एमएम को सट्टा ७६.७ एमएम को अलिकति कम चौडाइ हुन सक्छ ।

एप्पल आइफोन १५ प्रो म्याक्समा केहि नयाँ सुविधाहरू समावेश हुने बताइएको छ ।  यस फोनमा एउटा पेरिस्कोप टेलिफोटो क्यामेरा छ, जसले क्यामेराको जुम क्षमता बढाउनुका साथै ६ गुणा अप्टिकल म्याग्निफिकेसन प्रदान गर्ने अपेक्षा गरिएको छ ।

यस बाहेक, आइफोन १५ प्रो म्याक्सले यूएसबी टाइप सी पोर्ट पाउने पनि रिपोर्टमा बताइएको छ, जुन एप्पलको सामान्य लाइटनिङ पोर्ट भन्दा फरक छ ।

प्रोसेसरको बारेमा कुरा गर्दा, आइफोन १५ प्रो म्याक्सले थ्री न्यानोमिटर प्रक्रियाको साथ एप्प्लबायोनिक चिप पाउने अपेक्षा गरिएको छ ।

यो उन्नत प्रोसेसरले राम्रो गति र दक्षता प्रदान गर्नेछ । आईफोनले ८ जीबी एलपीडिडिआर ५ र्याम प्राप्त गर्नेछ भन्ने पनि लीकबाट खुलासा भएको छ ।