कीवर्डहरू -

महालक्ष्मी विकास बैंकको अनलाइन सेवा परिष्कृत

महालक्ष्मी विकास बैंकको अनलाइन सेवा परिष्कृत

महालक्ष्मी विकास बैंकले आफ्नो अनलाइन सेवाहरुलाई परिष्कृत गरेको छ । ग्राहकलाई अनलाइनबाटै सजिलो सेवा दिन अनलाइन सेवालाई परिष्कृत गरिएको हो ।

यससँगै अकाउन्ट खोल्ने, केवाईसी अपडेट गर्ने, नयाँ डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, नयाँ लकर, क्युआर रिक्वेस्ट, क्लेम जस्ता सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

बैंकको आधिकारिक वेवसाइट www.mahalaxmibank.com र eservice.mahalaxmibank.com.np मार्फत ग्राहकहरुले उक्त सेवाहरु लिन सक्नेछन् ।

डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्दै विद्युत्तीय सेवाहरुलाई प्रभावकारी बनाउने उद्देश्यले बैंकले उक्त अनलाइन सेवालाई संशोधन गरेको बैंकले जनाएको छ ।