कीवर्डहरू -

आन्तरिक उडान यात्रालाई सहयोग गर्न भाइबर र सस्तो टिकट्सबीच सहकार्य, के के छन् सुविधा ?

आन्तरिक उडान यात्रालाई सहयोग गर्न भाइबर र सस्तो टिकट्सबीच सहकार्य, के के छन् सुविधा ?

राकुटेन भाइबर र सस्तो टिकट्सबीच सहकार्य भएको छ । आन्तरिक उडान यात्रालाई सहयोग गर्ने उद्देश्यले भाइबर र सस्तो टिकट्सबीच सहकात्य भएको हो ।

सहकार्यसँगै ‘सस्तो टिकट्स्’ च्याटबट सुरू भएको छ । प्रयोगकर्ताहरूले भाइबरमा सस्तो टिकट्स सर्च गरी च्याटबटमा जोडिन सक्नेछन् ।

च्याटबटमार्फत आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि उडान बुकिङ सेवा उपलब्ध गराउने भाइबरले जनाएको छ । भाइबरका अनुसार यो प्लेटफर्मले सुलभ दरमा टिकट उपलब्ध गराउने छ । त्यस्तै यसमा थुप्रै अफरहरू पनि छन् ।

बम्पर अफर अन्तर्गत उडान र आवासको पूर्ण सुविधासहित दुई जनाका लागि थाइल्यान्ड यात्रा छ । त्यस्तै दुई-तर्फी आन्तरिक उडान टिकटहरूमा १५ जोडी यात्रुलाई राउन्ड-ट्रिप टिकट दिने विशेष अफर छ ।

पोखराका होटल र रिसोर्टमा बस्दा १५ प्रतिशत छुट, पाँच जनालाई माउन्टेन फ्लाइट र हरेकका एक/एक साथीले चार्टर्ड उडानमार्फत् हिमालको दृश्यावलोकन गर्न पाउने भाइबरले जनाएको छ। त्यस्तै यो च्याटबटमा भएको 'क्विज' र अन्तर्क्रियात्मक गतिविधिहरूमा संलग्न हुन पनि सकिनेछ ।

सस्तो टिकट्सका संस्थापक अध्यक्ष तथा सिइओ सम्राट दाहालले भाइबरसँगको सहकार्यबाट प्रयोगकर्ताका लागि आकर्षक यात्रा अवसरहरू ल्याएको बताए ।

त्यस्तै राकुटेन भाइबरका लागि एसिया प्यासिफिकका सिनियर डाइरेक्टर डेभिड चेलेले सस्तो टिकट्ससँगको नयाँ साझेदारीले स्थानीय पर्यटनलाई बढावा दिने विश्वास व्यक्त गरे ।