कीवर्डहरू -

फोन चोरी भयो ? यसरी सुरक्षित राख्नुहोस् बैंक विवरण र मोबाइल वालेट

फोन चोरी भयो ? यसरी सुरक्षित राख्नुहोस् बैंक विवरण र मोबाइल वालेट

आजकाल चोरहरु तपाईको मोबाईल लिएर एउटै चिज खोज्छन् ? त्यो हो, बैंक विवरण । आजभोलि धेरै भन्दा धेरै मानिसहरू डिजिटल भुक्तानीहरू गर्छन । भुक्तानीका लागि विभिन्न एपहरू प्रयोग गरिरहेका हुन्छन् ।

यी वालेटहरू पहुँच गर्न स्मार्टफोन चोरहरूको लागि गाह्रो छैन् । उदाहरणका लागि, ब्राजिलको साओ पाउलोमा अपराधीहरूले आइफोन ह्यान्डसेटहरू नबेची ती डिभाइसका मालिकहरूको बैंक विवरण पहुँच गर्न र त्यहाँबाट पैसा चोर्नको लागि कथित रूपमा चोरी गरेका थिए ।

यस्ता घटना बाहिर आउँदा होसियार हुन जरुरी छ । यदि तपाईंको फोन हराएको छ भने, यस अवस्थामा, तपाईंले तल दिइएको विधिहरूद्वारा आफ्नो फोन वा यसको डेटाको दुरुपयोग रोक्न सक्नुहुन्छ ।

आफ्नो सिम कार्ड ब्लक गर्नुहोस्

पहिलो र मुख्य कुरा फोन हराएमा फोन नम्बरको दुरुपयोग नहुने कुरा सुनिश्चित गर्नु हो । सिम कार्ड ब्लक गर्नु भनेको ओटिपीमार्फत पहुँच गर्न सकिने फोनमा रहेका प्रत्येक एपलाई ब्लक गर्नु हो । तपाईंले सधैं नयाँ सिम कार्डमा उही पुरानो नम्बर पुनः जारी गर्न सक्नुहुन्छ । यसले केही समय लिन सक्छ । तर तपाईको गोपनीयता र मोबाइल वालेट सुरक्षित हुन्छ ।

मोबाइल बैंकिङ सेवाहरूमा पहुँच रोक्नुहोस्

फोन चोरहरूले सजिलैसँग तपाईंको बैंक विवरणहरू पहुँच गर्न सक्छन्, त्यसैले त्यो समयमा बैंक सेवाहरू बन्द गर्न धेरै महत्त्वपूर्ण छ । तपाइँको सिम कार्ड र मोबाइल एप एक साथ जान्छ किनकि दर्ता नम्बरमा ओटिपी बिना कुनै स्थानान्तरण हुन सक्दैन् । तर फोन हराउने वा चोरी हुनेबित्तिकै दुवैलाई ब्लक गर्नुपर्छ ।

सबै मोबाइल वालेटहरू ब्लक गर्नुहोस्

मोबाइल वालेटले जीवनलाई धेरै सजिलो बनाएको छ । तर यदि तपाईंको फोन गलत हातमा पर्यो भने सम्बन्धित मोबाइल वालेट एपको हेल्प डेस्कमा सम्पर्क गर्नुहोस् र तपाईंले नयाँ डिभाइसमा वालेट सेटअप नगरेसम्म कसैलाई पनि पहुँच प्रदान गरिएको छैन भनी सुनिश्चित गर्नुहोस् ।

पुलिसमा जानुहोस्, रिपोर्ट गर्नुहोस्

एकपटक तपाईंले माथि उल्लेखित सबै चरण पालना गरिसकेपछि तपाईंको चोरी भएको डिभाइस अधिकारीहरूलाई रिपोर्ट गर्न पनि आवश्यक छ । तपाईले नजिकको प्रहरी स्टेशनमा फोन चोरीको रिपोर्ट फाइल गर्न सक्नुहुन्छ । त्यहाँबाट एफआईआरको प्रतिलिपि पनि लिन सक्नुहुन्छ ।

यदि तपाईंको फोनको दुरुपयोग भएको छ वा तपाईंको फोन मार्फत तपाईंको पैसा चोरी भएको छ भने यो प्रतिलिपि प्रमाणको रूपमा तपाईंको लागि उपयोगी साबित हुनेछ ।