कीवर्डहरू -

तेस्रो वार्षिकोत्सव मनाउँदै दूरशिक्षा, हरेक आईटी कोर्षमा ३३ प्रतिशत छात्रवृत्ति

तेस्रो वार्षिकोत्सव मनाउँदै दूरशिक्षा, हरेक आईटी कोर्षमा ३३ प्रतिशत छात्रवृत्ति

आईटी तालिम प्रदान गर्दै आएको संस्था दूरशिक्षाले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा ३३ प्रतिशत छात्रवृत्ति दिने भएको छ ।

तेस्रो वार्षिकोत्सवको अवसरमा दूरशिक्षाले हरेक आईटी कोर्षमा ३३ प्रतिशत छुट दिने भएको हो ।

तेस्रो वार्षिकोत्सवको अवसरमा सबैलाई धन्यवाद दिदै दूरशिक्षाका संस्थापक कृष्ण पाण्डेले सबै कोर्षमा ३३ प्रतिशत छुट दिएको बताए ।

दूरशिक्षाले डिप्लोमा इन कम्प्युटर एण्ड आईटी, एडभान्स सर्टिफिकेट प्रोग्राम इन डेटा साइन्स एण्ड एनालाइटिक्स, डिजिटल मार्केटिङ, फुल स्ट्याक डेभलपमेन्ट, साइबर सेक्युरिटी लगायतका कोर्ष अध्यापन गराउँदै आएको छ ।

यी कोर्षहरूमा ३३ प्रतिशत छुट पाइने छ तर त्यसका लागि आगामी १३ दिनसम्ममा आफ्नो सिट बुक गर्नुपर्नेछ । दूरशिक्षा स्कटिस क्वालिफिकेसन फ्रेमवर्कबाट मान्यता प्राप्त संस्था हो । त्यसकारण दूरशिक्षाका कोर्षहरू यूरोपियन क्वालिफिकेसन फ्रेमवर्कमा बेञ्चमार्क गरिएको छ ।

\"\"