कीवर्डहरू -

मिनीका दुई विद्युतीय कार सार्वजनिक

मिनीका दुई विद्युतीय कार सार्वजनिक

विद्युतीय सवारी साधन निर्माता कम्पनी मिनीले २०२५ कूपर ई र कूपर एसई कम्प्याक्ट इलेक्ट्रिक कार ल्याएको छ । यस कारको बारेमा केही लिकहरु सार्वजनिक भएपछि दुई नयाँ मिनी कूपर मोडेलहरू अन्ततः बजारमा आएका छन् ।

कूपर ई र कूपर एसईमा डिजाइन परिवर्तन गरिएको छ । थ्री डोर कूपरको भित्री र बाहिरी भागले क्लासिक मिनी स्टाइललाई कायम राखेको छ ।

मिनी कूपर ई र एसई कम्प्याक्ट ह्याचब्याकको मूल्य र सही रिलीज मितिको बारेमा हाल कुनै जानकारी छैन् ।

राम्रो ड्राइभिङ कार्यसम्पादन र भित्री ठाउँका लागि मिनी २०२५ कूपर लाइनअपमा परिवर्तन गरिएको छ । मिनी कूपर रिभ्याम्प दुई फ्रन्ट–ह्वील ड्राइभ संस्करणमा आउँछ ।

यद्यपि, एडब्लुडी संस्करण पछि थप्न सकिन्छ । कूपर ई र एसई दुवै कार १६ वा १८ इन्चको रिमका साथ उपलब्ध छन् । दुबै मोडलहरूले यसको कम सेन्टर अफ ग्रेभिटी, रिभाइज्ड सस्पेन्सन र फराकिलो ट्र्याक चौडाइको साथ मिनी कूपर ड्राइभिङ अनुभव कायम राख्छन् ।

नयाँ मोडल क्लिन, साइ–फाई र न्यूनतम अपडेटसहित डिजाइन गरिएको छ । दक्षता बढाउन कारको शरीरमा केही एरोडायनामिक ट्वीकहरू दिइएको छ।

कूपर ई मा एकल इलेक्ट्रिक मोटर छ जसले १८४ एचपी को पावर र २९० न्यानोमिटर को टर्क उत्पन्न गर्दछ । यसमा ४०.७ किलोवाट आवर ब्याट्री छ । कूपर ईसँग ३०५ किलोमिटरको डब्लुएलटीपी दायरा छ । कूपर ई इलेक्ट्रिक कारले ७५ किलोवाट चार्जिङ सपोर्ट गर्छ । कूपर ईले ७.३ सेकेन्डमा ०–१०० किमी÷घन्टाको गति बढाउँछ ।

कूपर एसईमा दिइएको मोटरले २१८ एचपी पावर र ३३० एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५४.२ किलाृवाट आवर ब्याट्री छ ।

कूपर एसईले ९५ किलोवाट चार्जिङ सपोर्ट गर्छ । यो लगभग ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुन्छ । कूपर एसईको दायरा ४०२ किलोमिटर छ । कूपर एसईले ६.७ सेकेन्डमा ०–१०० किमी÷घन्टाको गति बढाउँछ ।