कीवर्डहरू -

२०० मेगापिक्सेल क्यामेरासहित अनर ९० फाइभजी विश्वव्यापी रूपमा सार्वजनिक हुँदै

२०० मेगापिक्सेल क्यामेरासहित अनर ९० फाइभजी विश्वव्यापी रूपमा सार्वजनिक हुँदै

२०० मेगापिक्सेल क्यामेरा र ५१२ जीबी इन्टर्नल स्टोरेज भएको शक्तिशाली अनर ९० फाइभजी स्मार्टफोन १४ सेप्टेम्बर अर्थात आज साँझ सार्वजनिक हुँदैछ ।

कम्पनीले चीनमा यो फोन पहिले नै सार्वजनिक गरिसकेको थियो । यो फोन यस वर्षको मे महिनामा पहिलो पटक चीनमा सार्वजनिक भएको थियो र आज विश्वव्यापी रूपमा सार्वजनिक हुँदैछ ।

अनर ९० फाइभजी लन्च हुनुअघि नै यसका केही स्पेसिफिकेशन खुलसा भइसकेका छन् । अनर ९० फाइभजी फोन १९ जीबी र्यामको विकल्पसहित ल्याइएको छ ।  फोनमा ७ जीबी भर्चुअल र्‍याम सपोर्ट हुनेछ । यसका साथै फोनमा ५१२ जीबी सम्मको इनबिल्ट स्टोरेज उपलब्ध हुनेछ । यो फोन ८ जीबी + २५६ जीबी, १२ जीबी + २५६ जीबी र १२ जीबी + ५१२ जीबी भेरियन्टमा सार्वजनिक हुनेछ ।

अनर ९० फाइभजी चीनमा २०० मेगापिक्सेलको प्राइमरी सेन्सरसहित ल्याइएको थियो । यसबाहेक फोनमा ट्रिपल क्यामेरा सेटअप सुविधा छ भने र १२ मेगापिक्सेल अल्ट्रा–वाइड र २–मेगापिक्सेल म्याक्रो लेन्स राखिएको छ । सेल्फी क्लिक गर्नका लागि फोनमा ५० मेगापिक्सेलको सेन्सर छ ।

कम्पनीले अनर ९० फाइभजी आकर्षक रंगहरु जस्तै डायमण्ड सिल्भर, एमरेल्ड ग्रीन,मिडनाइट ब्लयाक र पीकक ब्लुमा उपलब्ध हुनेछ छ । अनर ९० फाइभजी ५ हजार एमएएचको बलियो ब्याट्री प्रयोग गरिएको छ । साथै, प्रयोगकर्ताहरूले फोनमा ६६ वाट फास्ट चार्जिङ सपोर्ट पनि पाउनेछन् ।

अनरले क्वालकम स्नापड्रागन ७ जेन १ चिपसेट राखेको छ । फोनको चार्ज ७२० पी भिडियो गुणस्तरमा २० घण्टा सम्म टिक्न सक्ने कम्पनीको दावी छ । फोनमा ब्लुटुथ ५.२, फाइभजी, फोरजी एलटीई, डुअल ब्यान्ड वाईफाई, जीपीएस, एनएफसी जस्ता सुविधाहरू हुनेछन् ।