कीवर्डहरू -

गीत सुन्दा सुन्दै निदाउने बानी छ ? उपयोगी हुन सक्छ युट्युब म्युजिकको यो फिचर

गीत सुन्दा सुन्दै निदाउने बानी छ ? उपयोगी हुन सक्छ युट्युब म्युजिकको यो फिचर

तपाई हामी सबैले गीत सुन्छौं । रमाइलोका लागि मात्र नभएर शान्तसँग सुत्नका लागि गीत सुन्छौं । गीत सुन्दा सुन्दै निगाउँछौं ।

यदि तपाई पनि संगीत प्रेमी हुनुहुन्छ र युट्युबको म्युजिक स्ट्रिमिङ प्लेटफर्म युट्युब म्युजिक प्रयोग गर्नुहुन्छ भने हालै नयाँ फिचर आएको छ, जसको नाम हो स्लिप टाइमर ।

धेरैको गीत सुन्दै सुत्ने बानी हुन्छ । त्यस्तो अवस्थामा गीत रातभर नै बजिरहन्छ वा आफुले ब्युझेको अवस्थामा गीत बन्द गर्न सकिन्छ तर नब्युझेको अवस्थामा गीत रातभर नै बज्छ ।

यो समस्या समाधानका लागि स्लिप टाइमर फिचर उपयोगी हुने देखिन्छ । किनकी यस फिचरको सहयोगले समय सिमा तोकेर गीत बजाउन सकिन्छ । उक्त समयपछि गीत आफै बन्द हुनेछ ।

यो फिचरको प्रयोगले प्रयोगकर्ताहरु टाइमर राखेर गीत सुन्दै आरामले निदाउन सक्नेछन् । सुत्ने समयमा गीत सुन्न परेमा पनि गहिरो निद्रामा पुग्दा संगीत बन्द गर्न सकिने सुविधा पनि युट्युब म्युजिकले ल्याएको हो ।

कसरी प्रयोग गर्ने स्लिप टाइमर फिचर ?

नयाँ सुविधा प्रयोग गर्न, तपाईसँग युटुयब म्युजिकको संस्करण अद्यावधिक गर्नुपर्ने हुन्छ । सबैभन्दा पहिले, युटुयब म्युजिक एप खोल्नु पर्छ ।

यहाँ तपाईंले संगीत सुन्दा ओभरफ्लो मेनु बटनमा ट्याप गर्नुपर्छ । मेनुबाट नयाँ स्लीप टाइमर विकल्प चयन गर्नुपर्छ । यहाँ प्रयोगकर्ताले आफ्नो सुत्ने समय अनुसार कति बेरमा टाइमर राख्ने भनेर समय छनोट गर्न सक्छन् ।

प्रयोगकर्ताले नयाँ सुविधामा ५ देखि ६० मिनेटसम्मको टाइमरको समय सेलेक्ट गर्न सक्नेछन् । संगीत सुन्दा प्रयोगकर्तालाई निदाउन कति समय लाग्छ, सो अनुसार प्रयोगकर्ताले सही समय छनोट गर्न सक्छन् ।

यस मेनुमा, कानमा बजिरहेको संगीत रोक्नको लागि पज प्लेब्याक अप्सन पनि उपलब्ध छ । जब टाइमर समाप्त हुन्छ, बजिरहेको संगीत बन्द हुने गर्दछ ।