कीवर्डहरू -

अब एनसेलका सीईओसँग सिधै आफ्ना गुनासा राख्न सकिने, यस्ता छन् माध्यम 

अब एनसेलका सीईओसँग सिधै आफ्ना गुनासा राख्न सकिने, यस्ता छन् माध्यम 

अब एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सिधै आफ्ना गुनासा राख्न सकिने भएको छ । १८ औं वार्षिकोत्सवको अवसरमा एनसेलले सीईओ जाब्बोर कायुमोभसँग सिधै सम्प्रक गर्न इन्स्टाग्राम खाता र इमेलको व्यवस्था गरेको हो ।

सीईओसँग गुनासो राख्न सकिने इन्स्टाग्राम ह्यान्डल @ncellceo रहेको छ भने ceo@ncell.axiata.com इमेलमार्फत पनि सीईओसँग कुनै गुनासाहरु भए सिधै राख्न सकिने छ ।

यसरी आफ्नो सीईओसँग ग्राहकको सिधै पहुँच सुनिश्चित गराउने एनसेल नेपालको सम्भवत पहिलो कर्पोरेट हाउस हो । ग्राहकहरूले आफुसँग सिधै सम्पर्क गर्न सक्ने सीईओ जाब्बोरले बताए ।

‘यसरी सम्पर्कमा आउने ग्राहकहरुका कुराहरु सम्बोधन भए नभएको हाम्रो सम्बन्धित टोलिलेसुनिश्चित गर्नेछ,’ उनले भने, ‘यसले ग्राहकको अनुभवलाई अझ सुधार गर्नुको साथै थप विश्वास र पारदर्शिताको संस्कृति निर्माण गर्न योगदान गर्नेछ ।’