कीवर्डहरू -

तपाइले बोल्दै गरेको कतै तपाईको फोनले त सुनिरहेको छैन ? यसरी गर्नुहोस् बन्द

तपाइले बोल्दै गरेको कतै तपाईको फोनले त सुनिरहेको छैन ? यसरी गर्नुहोस् बन्द

तपाईको सबै कुरा तपाईको आफ्नै फोनले सुनिरहेको हुन् सक्छ । यो सुन्दा अच्चम पर्नु भयो होला । हो, तपाईको एन्ड्रोइड फोनले तपाईले भनेको सबै कुरा सुन्न सक्छ । हामी यहाँ एन्ड्रोइड फोनमा रहेको हे गुगल कमाण्डको कुरा गर्दैछौं ।

यदि तपाई पनि गुगल एसिस्टेन्ट प्रयोग गर्नुहुन्छ भने फोनले सबै कुरा सुनिरहेको हुन्छ । एन्ड्रोइड फोनलाई तपाईको कुराकानी सुन्नबाट रोक्नका लागि, त्यहाँ विशेष गुगल एसिस्टेन्ट सेवा असक्षम गर्ने सुविधा पनि छ । तपाईं माइ गुगल एक्टिभीटीबाट गुगल एसिस्टेन्ट कमाण्डलाई जाँच गर्न सक्नुहुन्छ ।

यसका लागि माइ गुगल एक्टिभीटीमा गएर फिल्टर बाई डेट एण्ड प्रडक्ट अप्सनमा गएर एसिस्टेन्ट अप्सन क्लिक गर्नुपर्ने हुन्छ । गुगल एसिस्टेन्ट सर्भिस असक्षम गर्न, सबै भन्दा पहिले तपाईंले सेटिङ मेनु खोल्नु पर्छ र गुगलमा जानु पर्छ । अब तल स्क्रोल गर्नुहोस् र सेटिङ फर गुगल एप अप्सनमा क्लिक गर्नुहोस् ।

अब तपाईंले सर्च, एसिस्टेन्ट एण्ड भ्वाइस अप्सनमा ट्याप गर्नुपर्नेछ । यहाँ तपाईंले गुगल एसिस्टेन्टमा ट्याप गर्नुपर्नेछ । अब हे गुगलमा रहेको टगल अफ गर्नुहोस् । यसका साथै रिमूभ भ्वाइस म्याचको विकल्पमा पनि जान सक्नुहुन्छ ।

यदि तपाईंको फोनमा हे गुगल टगल अझै सक्रिय थियो भने, फोनले तपाईंको कुरा सुनिरहेको थियो भनेर बुझ्न सक्नुहुन्छ । यस्तो अवस्थामा यो सेटिङ असक्षम गरेर फोनको माइक्रोफोन प्रयोग गर्न पाँईदैन् ।