कीवर्डहरू -

चोरी भएको फोनबाट ह्वाट्सएप म्यासेज रिकभर गर्ने तरिका

चोरी भएको फोनबाट ह्वाट्सएप म्यासेज रिकभर गर्ने तरिका

आजकाल धेरैले सन्देशहरू पठाउनदेखि लिएर परिवार र साथीहरूसँग भिडियो कल गर्न ह्वाट्सएप प्रयोग गर्छन् । मानौं तपाईको फोन कतै खस्यो वा चोरी भयो, तब सबैभन्दा ठूलो चिन्ताको विषय ह्वाट्सएपमा सन्देश पुनः प्राप्त गर्नु र सुरक्षित राख्नु पर्ने हुन् सक्छ ।

आजको लेखमा हामी तपाईलाई एउटा यस्तो तरिका बताउन गइरहेका छौँ, जसको मद्दतले तपाईले आफ्नो चोरी भएको फोनबाट ह्वाट्सएप च्याट रिकभर गर्न सक्नुहुन्छ । यो विधि आईफोन र एन्ड्रोइड दुवैमा काम गर्दछ ।

गुगल ड्राइभको सहयोगमा ह्वाट्सएप च्याट रिकभर गर्नुहोस्

सबैभन्दा पहिले गुगल प्ले स्टोरबाट ह्वाट्सएप डाउनलोड गर्नुहोस् । अब ह्वाट्सएप एप खोल्नुहोस् र सेटअप प्रक्रिया सुरु गर्नुहोस् ।

यस पछि, अनुमति मागेमा तपाईंको गुगल ड्राइभमा ब्याकअपको लागि जाँच गर्न अनुमति दिनुपर्ने हुन्छ । अब ब्याकअप रिकभरी प्रक्रिया सुरु गर्नुहोस् र यसलाई इन्स्टल गर्नुहोस् ।

प्रक्रिया समाप्त भएपछि, ह्वाट्सएपले तपाइँको नयाँ फोनमा तपाइँको सबै च्याट र मिडिया रिकभर गर्नेछ ।

आइक्लाउडबाट च्याट कसरी रिकभर गर्ने ?

आफ्नो नयाँ आइफोनमा ह्वाट्सएप इन्स्टल गर्नुहोस् । त्यसपछि एप खोल्नुहोस् र यसलाई सेट अप गर्नुहोस् । अब तपाईंले आफ्नो फोन नम्बर प्रमाणित गर्नुपर्छ ।

ह्वाट्सएपले तपाईंको आइक्लाउडमा ब्याकअपको लागि स्क्यान गर्नेछ र ब्याकअपबाट तपाईंको च्याट इतिहास पुनः प्राप्ति गर्न अनुमति माग्नेछ ।

यसपछि अन–स्क्रिन निर्देशन पालना गर्नुहोस् र तपाईंले पुनः प्राप्त गर्न चाहनुभएको आइक्लाउड ब्याकअप चयन गर्नुहोस् ।

यस पछि, ह्वाट्सएपले चयन गरिएको आइक्लाउड ब्याकअपबाट तपाईको च्याट पुनः प्राप्त गर्नेछ । म्यासेज रिकभर हुन केही समय लाग्ने छ ।